July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

काँग्रेसले बनायो दलित प्राथमिक विद्यालयको अस्थायी सिकाई केन्द्र

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भुकम्पले  विद्यालय भवनमा क्षति पुगेपछि नलगाड नगरपालिका १२ बायकाँडा स्थित दलित प्राथमिक प्राथमिक विद्यालयका विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य थिए । भुकम्प गएको महिना दिन विति सक्दा पनि सो विद्यालयको पुर्ननिर्माणमा कसैले चासो दिएको थिएन । विद्यालयको त्यस्तो अवस्था देखेपछि नेपाली काँग्रेस जाजरकोटका सहसचिव तथा पार्टी प्रवक्ता छवि पन्तको नेतृत्वमा नलगाडका काँग्रेस कार्यकर्ताहरुले अस्थायी सिकाई बनाएका हुन् ।

विद्यालयको तीन कोठे अस्थायी सिकाई केन्द्र बनाई दिएको प्रबक्ता पन्तले बताए । स्थानिय कार्यकर्ता परिचालन गरेर अस्थायी टहरा बनाएको उनले बताए । स्थानिय स्रोत साधन परिचालन गरिएको र जस्ता पाता तथा किलाकाँटा भने पार्टीले सहयोग गरेको उनको भनाई छ । दक्ष मिस्त्री ज्याला, जस्ता पाता र किलाकाँठा समेत गरी करीब एक लाख रुपैया खर्च भएको उनले बताए । स्थानियले पनि उत्साहजनक रुपमा श्रमदानमा सहयोग गरेको पन्तको भनाई छ ।

करीब एक सय घर धुरी रहेको बायकाँडा बस्तीमा सवै दलित समुदायको मात्र बसोवास छ । एक सय २२ विद्यार्थी रहेको सो विद्यालयमा सवै दलित विद्यार्थी मात्र अध्ययनरत रहेको प्रधानाध्यापक शारदा श्रेष्ठले बताईन । विद्यालयका दुई भवन मध्य एउटा तीन कोठे भवन पुर्ण रुपमा क्षति भएको र अर्को भवन पनि चर्किएको छ । जसका कारण पठनपाठन प्रभावित भएको प्रधानाध्यापक श्रेष्ठले बताईन । अस्थायी सिकाई केन्द्र बनेपछि पठनपाठन सुरु गर्ने तयारी भैरहेको उनले बताईन ।

भुकम्पका कारण विद्यालयमा क्षति पुगेपछि पठनपाठनमा निकै समस्या रहेको थियो । नेपाली काँग्रेसले अस्थायी सिकाई केन्द्र बनाईदिएपछि विद्यालयलाई निकै राहत भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर विकले बताए । उनले विपत्तिको बेला हाम्रा बालबच्चा पढ्ने विद्यालय बनाईदिएर नेपाली काँग्रेसले ठुलो गुण लगाएको बताए । दुर्गममा कसैको नजर नपरेको बेला काँग्रेसले अस्थायी सिकाई केन्द्र बनाईदिएकोमा काँग्रेसलाई हार्दिक धन्यवाद दिन चाहन्छौ उनले भने ‘खुला चौरमा हावा चल्ने चिसो निकै हुन्थ्यो । अव हामीलाई केही समयका लागि ढुक्क भयो । बालबालिकालाई पढाउन सहज हुने भयो । हामी खुसी छौ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad