जाजरकोटमा भुकम्पबाट मृत्युहुनेको संख्या १०५ पुग्यो

शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुइँचालोबाट जाजरकोटमा मात्र हालसम्म १०५ जनाको मृत्यु भएको छ।

जाजरकोट जिल्ला अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार जाजरकोटमा मात्र हालसम्म १०५ जनाको मृत्यु भएको छ।

तीमध्ये  ४२ जनाको जिल्ला अस्पतालमा मृत घोषित गरिएको उनले बताए। मृत्यु भएकाहरूको पहिचानसहितको विवरण भने प्रशासनले दिइसकेको छैन।

bhumi-sanrakshyan

मृत्यु हुनेहरूमा जिल्लाका

जुनीचाँदे गाउँपालिकाका मृतकको पुष्टि भने नभएको उनले बताए।

 

अस्पतालमा मृत्यु भएका ४२ जनामध्ये ४१ शवको पोष्टमर्टम भइसकेको छ। ३४ वटा शव आफन्तले बुझिसकेका छन्।

उद्धार गरी सदरमुकाम ल्याइएका घाइतेमध्ये २५ जनालाई बाहिर रिफर गरिएको खत्रीले जानकारी दिए। तीमध्ये २४ जनालाई सुर्खेत पठाइएको छ भने एक जनालाई नेपालगञ्ज पठाइएको छ।

हाल जिल्ला अस्पतालमा तीन जनाको उपचार भइरहेको छ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya