जाजरकोटमा सुपथ मूल्य पसल सञ्चालन

टुकमाया घर्ती
असाेज २२ साेमबार
जाजरकाेट जिल्लामा आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको हाे । जँहाबाट२५केजीकाे चामलकाे १२ सयमा ७५रुपैयाँ पर्दछ । बजारमा भने १५ सय मूल्य पर्दछ।आइतबारदेखि जाजरकोट जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल बितरण गरेकाे छ।
पहिलो दिनमै२सय ७३जनाले ६८ क्यून्टल चामल लिएका थिए ।६सय क्यून्टल चामल जाजरकोट जिल्लाका लागि छुट्टयाइएको छ।विशेष गरि चाडपर्वलाई लक्षित गरि बितरण सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाका प्रमुख राम प्रसाद पाैडेलले जानकारी दिए।
पशुपति केसीले २बाेरा चामल लिएको वताइन। बजारमा साेहि चामलको १५सय रुपैया पर्ने गरेकोे छ ।बजारमा मुल्य वृद्धि निकै बढेकाे छ।बजारको भाउ छा्ेइ सक्नु छैन।४ सय भएपनि तरकारी र अन्य सामाग्री किन्न सहयाेग पुग्छ उनले भनिन् ।चाडपर्व नजिकिदै छ।पाहुनाहरु पनि आउने भएकाले २ बाेरा चामललगेकी हु उनले भनिन् सगसगै चिनि र अन्य सामाग्रीहरुपनि सस्तो तथा सुपद रुपमा बिक्री वितरण भइदिए गरिब तथा काम गरेर खानेलाई पनि दशै मनाउन सहज हुन्थ्याे । यसैगरी कर्णालीका ९वटा जिल्लामा सरकारले दशै, तिहार र छठका लागि लक्षित गरेर खाद्य संस्थानमा सहुलियत रुपमा चामल बिक्री वितरण गरिरहेको छ।
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya