विमला रोकाय कार्की,
मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने बस्तु वा पदार्थ लागू पदार्थ हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य चेतना र अनुभुतिलाई विकृति तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । जुन पदार्थले दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानि पु¥याउँदछ त्यस्ता बस्तुहरुलाई लागू पदार्थ भनिन्छ । जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक तथा शारिरीक स्थितिमा फरक पन ल्याउँदछ । लागु पदार्थको सेवनबाट ( प्रयोगबाट ) निस्किने परिमाण निकै नै डरलाग्दो हुन्छ । यसले ब्यक्ति स्वयम्लाई मात्र नभएर परिवार, समाज, लगायत सम्पूर्ण पक्षमा खतरा पैदा गर्दछ । यो मध्यपान, धुम्रपान भन्दा कैयौ गुणा हानिकारक हुन्छ ।
लागु पदार्थहरुलाई दुई भागमा विभाजन गरिएको छ । (१) प्राकृतिक लागुपदार्थ जस्तैः गाजा, चरेस, भाङ, धतुरो, अफिम आदीलाई प्राकृतिक लागु पदार्थ भनिन्छ । (२) औषधि जन्य लागु पदार्थ ः मानव जीवनको रक्षाको लागि निर्मित ओषधिजन्य पदार्थहरु जसलाई चिकित्सकको सल्लाह विपरित नशालिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तै ः नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन कोडिन आदी ।
नेपालमा अहिले अनुमानित १,३०,४२४ भन्दा बढि मानिस लागु पदार्थका दुव्र्यसनीहरु छन् । ती मध्ये अधिकाशं ३० बर्ष मुनीका छन् । आधारभुत तह कक्षा ६ देखी पाको उमेर समुहका मानिस सम्म लागु पदार्थका अम्मली छन् । अभिभावकले सन्तानको सुनौलो भविष्यको लागि स्कुल, कलेज पठाउँछन् तर कति सन्तान लागु पदार्थमा लिप्त भएर घर र परिवारमा प्रलय ल्याउँछन् । साथिहरुको सिको, लहैलहै दबाबबाट पारिवारिक वातावरण असत्त भएका कारण कलिला बालबालिका र किशोर किशोरी यस्को लतमा पर्छन् । अहिलेको जटिल र प्रतिस्पर्धात्मक समयमा चिन्ता वा तनाव कम गर्ने भ्रममा परि कति मानिसहरु लागु पदार्थ दुब्र्यसनी बन्न पुग्छन् । बढी आर्थिक स्वतन्त्रता पाएका मानिस दुब्र्यसनको जोखिममा रहेको देखिन्छ । हरेक तवरबाट हुने असफलताका कारण पनि मानिस यसको सिकार बन्ने गरेका छन् । जस्तै परीक्षामा असफल, बेरोजगारी बैवाहिक जीवनमा तनाव वा असफलता, पारिवारिक कलह, सामाजिक एकतामा कमि, प्रेममा धोका, उच्च महत्वाकांक्षी, असफल, कमजोर आत्मनियन्त्रण, मन्तु प्रगति वा दुर्गति आत्मविश्वासमा कमि, दूरदर्शिताको अभाव, अनुशासनहिनता, भविष्यप्रति संवेदनहीन, प्रभावकारी कानुनको अभाव, चेतनाको अभाव जस्ता पक्ष मानिसलाई लागु पदार्थ दुब्र्यसनमा फसाउने मूल कारक हुन् ।
केही मानिसमा लागु पदार्थको दुब्र्यसनको प्रारम्भ सामान्य मानिने लतहरु कस्तो हुन्छ भनेर थोरै खादा खाँदै लत बस्ने गर्दछ भने कतिपय अवस्थामा जस्तै रक्सी, चुरोट, खैनी आदिको सेवनबाट सुरु भएको पाइन्छ । अनि उसले मात्रा बढाउदै गएर गाँजा, चरेस आदिको सेवन गर्न थाल्दछ र हिरोइन, कोकिन आदि सम्म पुग्ने र सुई लगाउने जस्ता दुव्र्यशनमा फस्न पुग्छ । कोही मानिसहरु सिधै कडा लागु पदार्थको प्रयोगकर्ता बन्दछ । नजिक वा घनिष्ट मान्छे अझ आफुले सम्मान गर्ने ब्यक्तिले खाएको देखेर लागु पदार्थको दुव्र्यसनमा लाग्ने गरेका पनि धेरै छन् हाम्रो समाजमा ।
लागु पदार्थको दुव्र्यसनले मानिसको मानसिक र शारिरीक पक्षको विकास सुस्त बनाइदिन्छ । निराशा, ब्यक्तिमा गडबढी सिजोफ्रेनिया जस्ता विविध मानसिक रोग आत्महत्या, क्यान्सर, मुटु रोग, हृदयघात, मस्तिष्कघात, सुईसाटासाटबाट सर्ने एड्स जस्ता रोग दुब्र्यसनका घातक परिणाम हुन् । नेपालमा भएका कूल एच.आई.भी. पोजेटिभका विरामी मध्ये करिव १५ प्रतिशत मानिस लागु पदार्थको दुब्र्यसनी भएको तथ्य छ । कडा खालको लागु पदार्थको अम्मलीको औषत आयु सामान्य मानिसको भन्दा धेरै कम हुन्छ । कोही दुव्र्यसनी नसा सेवन गर्ने पैसा नपुगेर, चोरी, लुटपात जस्ता अपराध गर्ने पनि पछि पर्दैनन् ।
दुव्र्यसनीबाट झैझगडा, हिसां, सवारी दुर्घटना आदि निम्तिने बढी डर हुन्छ । घरको सुख शान्ति र आर्थिक सामाजिक पक्ष खलबलिन पुग्छ । लागु पदार्थको लतमा लागेका मानिस अझ विषेश गरी युवा अनुत्पादक बन्दा घर समाज र देशलाई पनि घाटा हुन्छ । लागु पदार्थ मानिसको ठूलो शत्रु हो । यसलाई नकार्नु पर्छ । यसको लत लागेको मानिस जीवन संघर्षमा असफल बन्न पुग्छ ।
लागु पदार्थ दुब्र्यसन विरुद्ध सबै एक जुट भएर लडनु पर्दछ । लागु पदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नु पर्छ । यसका लागि कडा कानुनको प्रभावकारी कार्यान्वयन हुनु पर्दछ । साथै घर, विद्यालय, समाज स्थानिय निकायको सक्रिय भूमिका रहनु पर्दछ । भियतनाम चीन लगायत केही राष्ट्रमा हेरोइन जस्ता खतरानाक लागु पदार्थको कारोवार गर्नेलाई मुत्युदण्ड सम्मको सजाय दिएका उदाहरण छन् । लागु पदार्थको दुव्र्यसनीले गर्दा कतिपय अभिभावक निर्मम मानसिक घटना खेप्न बाध्य छन् । आफ्ना सन्तानहरु लागु पदार्थको दलदलमा नफसुन भनेर अभिभावक सचेत र चनाखो बन्नुपर्छ । छोराछोरीका साथी कस्ता समुह कस्ता छन् कतै कुबाटो तर्फ लागेका त छैनन् भन्ने आदि कुरामा सचेत बन्नु पर्छ । छोराछोरीका दैनिक क्रियाकलापमा सकेसम्म निगरानी राख्नुपर्छ । साथ – साथै लागु पदार्थ अति खराव हो भन्ने चेतना दिनु पर्छ । कसैले असमान्य व्यवहार देखाउन थाल्यो भने परिस्थिति चिन्ताजनक हु्न्छ । दुबलाउदै जानु, आफ्नो जिम्मेवारीबाट पन्छिने कोसिस गर्नु, विना सूचना घरबाट कतै गइरहनु, आँखा र अनुहारको चमक हराउनु, शरिर र मुखबाट अनौठा गन्ध आउनु, झुम्म वा लट्ट भएर बस्नु, अत्याधिक पैसा माग गर्नु आदि गर्न थाले लागु पदार्थ दुव्र्यसनीमा परेको हुन सक्छ ।
लागुपदार्थ दुब्र्यसननिमा सचेता र शिक्षा
लागुपदार्थको दुरुपरिणाम बारे विद्यालय, क्याम्पस, युवा क्लव आदिमा युवा लक्षित सचेतना कार्यक्रमहरु संचालन गर्ने ।
लोकप्रिय राष्ट्रिय ब्यक्तित्व कलाकार तथा खेलाडीलाई लागु औषध नियन्त्रण अभियानमा जोड्ने ।
लागु औषध प्रयोगकर्ताहरुलाई लक्षित गरी योग तथा ध्यान शिविर, स्वास्थ्य शिविर मनोसामाजिक परामर्श उपलब्ध गराउने ।
लागुपदार्थ प्रयोग न्यूनिकरण गर्न बाल क्लवहरु गठन गरि परिचालनको ब्यवस्था मिलाउने ।
लागुपदार्थ नियन्त्रण सम्बन्धमा अभिभावक एवं जोखिममा परेका समुदायमा सचेतना तथा अन्तक्रिया कार्यक्रम संचालन गर्ने ।
सचेतना फैलाउन फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक संचालनहरुको प्रयोग गर्ने ।
आमा समुह, महिला समुहलाई लागुपदार्थ नियन्त्रण कार्यक्रममा आवद्ध गरी परामर्श कार्यक्रम संचालन गर्ने ।
किशोर किशोरी बीच दौतरी शिक्षा मार्फत लागुपदार्थ विरुद्ध चेतना फैलाउने ।
लागु औषध नियन्त्रणका विरुद्ध अभियानमा उत्कृष्ट योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने ।
सडक बालबालिका सचेतना कार्यक्रम संलग्न ब्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन गर्ने ।
स्थानिय स्तरमा लागुपदार्थ दुब्र्यसनि विरुद्ध सचेतना फैलाउन नेपाल प्रहरीबाट संचालन भई रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने ।
विद्यालयमा हरेक विद्यार्थीको दैनिक गतिविधिमा निगरानी राख्नु हरेक शिक्षकको नैतिक जिम्मेवारी हो । शिक्षक र अभिभावक बीच संचारको आदान प्रदान भइरहनु पर्दछ । विद्यालय, कलेज, टोल बस्ती, समाज आदिमा लागु पदार्थको विरुद्धमा जनचेतना कार्यक्रम भइरहनु पर्दछ । साथै संचार माध्यमले लागु पदार्थ सेवनको परिमाणको बारेमा जनतालाई प्रभावकारी जानकारी दिनु लागु पदार्थ दुब्र्यसनी घटाउने प्रभावकारी माध्यम हो ।
लागु पदार्थको दुब्र्यसनमा फसेका मानिसलाई शारिरीक दण्ड दिएर वा गाली गरेर हैन बरु असल परामर्श दिएर उनीहरुको मन स्थिति परिवर्तन गर्ने र दुब्र्यसनबाट मुक्त बनाउन प्रभावकारी कदम चालिनु पर्दछ । उनीहरुलाई सम्झाइ बुझाई गरेर नशा छोड्ने आत्मबल प्रदान गरिनु पर्दछ । यतिले मात्र भएन भने लागु पदार्थ दुव्र्यसनको उपचार गर्ने विशेषज्ञलाई जति सक्दो छिटो देखाउन ढिला गर्नु हुदैन । सल्लाहा अनुसार पुनस्र्थापना वा सुधार केन्द्रमा जान सकिन्छ । सकेसम्म कोही पनि लागु पदार्थको दुब्र्यसनमा नलागुन, लागी हाले भने पनि परामर्श वा उपचार पाएर पुनस्थापित होउन् । उनीहरुलाई घृणा होइन माया र सहयोग प्राप्त होस् । हामी सचेत नागरिक बनौं । हामी सव जना आ – आफ्नो ठाउँ क्षेत्रबाट सबै जना मिलेर लागु पदार्थको दुव्र्यसनबाट बचौं र बचाऔं ।