प्रवाह संवाददाता । जाजरकोट
नलगाड नगरपालिकाका कर्मचारी, शिक्षक देखि कार्यालय सहयोगी सम्मका कर्मचारी यति बेला खुलेआम माओबादीपार्टीको चुनावी कार्यक्रममा भोट माग्दै हिडिरहेका छन । उनीहरु आफ्नो पदिय दायित्व विपरित यसरी खुलेआम पार्टीको झण्डा बोकेर गाउँगाउँमा हिडिरहेको सामाजिक सन्जालबाट नै देखिन्छ ।
नारायण खत्री नलगाड नगरपालिकामा सुब्वा हुन । उनी योजना शाखाको जिम्मेवारीमा छन । उनी सोमबार कार्यालय नगएरै डाडागाउँमा माओबादी पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागि भएर भाषण भिषण दिदै थिए । अर्का हुन् लोकेन्द्र विक उनी नलगाड हाइडोपावर कम्पनीमा सव इन्जिनियर पदमा कार्यरत छन । उनी दैनिक दिन कार्यलयको काम भन्दा माओवादी पार्टीको चुनावी कार्यक्रममा हिडिरहेका भेटिन्छन । सुदाम गौतम विश्व निकेतन माद्यामिक विद्यालय त्रिपुरेश्वर काठमाडौंका स्थायी शिक्षक हुन । उनीपनि पठपाठन कार्य छोडेर जाजरकोट आइ खुलेआम माओवादी पार्टीको चुनावी कार्यक्रमम व्यस्त छन । उनीहरुको सामाजिक सञ्जालले नै बताइ रहेको छ । उनीहरु के गर्छन भनेर । गोर्कण चन्द, विनोद रावलपनिनगरका करार कर्मचारी हुन । उनीहरु यसरी दैनिक दिन चुनावी कार्यकक्रमा दौडिरहेका देखिन्छन ।
गोरख खड्का नलगाड ६ वडाका कार्यलय सहयोगि हुन । नगरका कर्मचारी, शिक्षकहरु यसरी नै चुनावी गतिविधीमा हिडिरहेका छन । उनी खुलेआम चुनाव पर्चार तथा भोट माग्दै हिडेको देखिन्छ । कुनै पनि कर्मचारीले निर्वाचन आचार संहिता विपरित जान नहुने प्रस्ट भनिएको छ । कर्मचारीले भोट माग्न, पार्टी कार्यकक्रमा प्रचारप्रसार गर्न, सामाजिक सन्जालमा भोट माग्न नपाइने आयोगले भनेको छ । यस्ता गतिविधी गरी आयोगले कारवाही गर्ने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताउनु भएको छ ।