माओवादी केन्द्रका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

प्रवाह संवाददाता । जाजरकोट

नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता सहित तीन दर्जन कार्यकर्ता सोमवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा माओबादी केन्द्र बारेकोटका उपाध्यक्ष एबं अनेरास्वबियु क्रान्तिकारीका पुर्ब केन्द्रिय सचिवालय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष, २०७४ सालको स्थानिय तह निर्बाचनमा नेकपा माओबादि केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार योगेन्द्र सिंह (जलन), पुर्ब जनमुक्ति सेना एबं माओबादी निकट मजदुर संगठन जिल्ला अध्यक्ष शेर बहादुर सिंह(शंकर) र युवा संघ बारेकोटका अध्यक्ष सोमराज रावल (आदित्य) काँग्रेसमा प्रवेश गरेका हुन् । त्यस्तै नलगाड नगरपालिका माओबादी केन्द्रका सक्रिय सदस्य चक्र बुढा, नेकपा एमालेका युबा नेता बिनोद सिंह , शिवराज खड्का सहित तिन दर्जन नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी युवा नेताहरुलाई नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिहले स्वागत गदै नेपाली काँग्रेसको पार्टी सदस्यता प्रदान गरेका थिए ।

bhumi-sanrakshyan

सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै नेपाली काँग्रेस जाजरकोटले गाँउ केन्द्रित अभियान थालेको छ । जाजरकोटमा एमाले र माओवादीका दर्जनौ कार्यकर्ताले पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस जाजरकोटका प्रवक्ता छवि पन्तले बताए ।

माओवादीमा बढ्दै गएको नातावाद, नेतृत्वमा आएको विचलन र भष्ट्र आचरण लगायतका कारण आफुहरु पार्टी छोड्न बाध्य भएको युवा नेता योगेन्द्र सिंहले बताए । विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा आएका युवाहरुलाई क्षमताका आधारमा उचित स्थान दिईने नेपाली काँग्रेसका पार्टी सभापति सिंहले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya