एमाले र माओवादीका दुई दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

प्रवाह संवाददाता । जाजरकोट

भेरी नगरपालिका वडा नम्बर ६ गंगटियाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट दुई दर्जन बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

माओवादीबाट गत स्थानिय तहको निर्वाचनमा वडा सदस्य लडेका जय कुवँरा कामी र निर्मला वि.क काँग्रेसमा प्रवेश गरेका हुन् । त्यस्तै मोतिकला तिरुवा, हिरा वि.क., नैनसरा तिरुवा, ललित डाँगी, लाली विक., कालिका लुहार, करे कामी लगायतका १६ जना र नगरप्रमुख चन्द्रप्रकास घर्तीको गाँउबाट एमालेका भगवति पुन, सरस्वती विक., कली घर्ती, दलबहादुर घर्ती, चन्द्रबहादुर घर्ती, लक्ष्मी विक. दिपक बहादुर नेपाली लगायतका १२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

bhumi-sanrakshyan

एमाले र माआवादी परित्याग गरेका उनीहरुलाई नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका उपसभापति सनत कुमार कार्कीले पार्टी सदस्यता प्रदान गरेर काँग्रेसमा स्वागत गरेका थिए । पार्टी परित्याग गरेका अधिकांशले कम्युनिष्टले जनतालाई सधै झुक्याउने, कुरा एउटा काम अर्के गर्ने गरेको आरोप लगाए । भेरी नपा ६ भेरेका चन्द्रबहादुर घर्तीले गाँउकै मान्छे मेयर बनाउँदा समेत विकास गर्न नसकेको, आफ्नै स्वार्थमा चुलुम्म डुबेको हुँदा आफुले एमाले छोडेको प्रतिक्रिया दिए ।

पार्टी प्रवेश तथा अन्र्तक्रिया कार्यक्रममा प्रदेश उपसभापति कार्की, काँग्रेसका जिल्ला कार्या समितिका उपसभापति खडक विसी, सचिव तेजविक्रम शाह, क्षेत्रिय सभपति लिलाबहादुर शाह, कार्य समिति सदस्य जनक केसी, क्षेत्रिय समिति सदस्य कमल चन्द नगरसभापति तथा वडाध्यक्ष शसिराम बुढा लगायतको सहभागिता रहेको थियो । बक्ताहरुले देश विकास र स्थिरताका लागि पनि आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya