कहां चुक्यौं हामी जाजरकोटको समग्र विकासमा ?

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र विक्रम शाह । नागरिक समाज अगुवा, जाजरकोट

“श्रृण तिर्न नसकेर ५ परिवार विस्थापित”, “कहिले छुट्ला असारे विकासको चाला”, “ ८ वर्ष सम्म स्वास्थ््य चौकी वनेन”, “३ महिना भयो विद्यालय नखुलेको, छात्रवृत्ति र पुस्तकको पैंसा गायव”, “४ लाखको राहत, ५ लाख व्यवस्थापन खर्च”, “जुनीचांदेमा केन्द्रको टुंगो लागेन, वैंकिग सेवा अहिले सम्म छैन”, “अनुगमनका नाममा ८० लाख स्वाहा”, “जागीर खाएको २ वर्षमा काठमाण्डौंमा घर”, “सामुदायिक विद्यालय धनी परिवारको जागीरे थलो, विद्यार्थी सवै गरिव परिवारका छोराछोरी”, “धनी र जागीरेको सामुदायिक वनमा ७ दिनमा घर ठडियो, गरिवले जंगलको छेउमा झुपडी वनाउंदा मुद्धा”, “ १४ वर्षिय वालिका दिउंसै वलात्कृत”, “१५ किलो चरेस र अफिम पक्राउ”, “विद्यालय नजीक गांजा व्यापार र दुव्र्यशन तिव”, यी हुन् जाजरकोटका प्रतिनिधिमूलक समाचार ।

जाजरकोट जिल्ला मानवीय विकास सूचकांकका आधारमा नेपालमा ७७ जिल्ला मध्य ६८ औं र कर्णली प्रदेशका १० जिल्ला मध्य ८ औं स्थानमा रहेको छ । जाजरकोट जिल्ला विकासको दृष्टिमा पछाडी पर्नुका कारणवारे विभिन्न कोणवाट राय, टिप्पणी, विश्लेषण र समीक्षात्मक धारणाहरु देखिदै आएका छन् ।

विकास र शासनको खेलमा हामीले हार्दै जानु पछाडीको वास्तविक दोषीको हो, दोषी व्यक्ति हो वा प्रवृत्ति हो, २००७ साल पछाडी २०१५ सम्म, २०१७ देखि २०४६ साल सम्म, २०४७ देखि २०६३ सम्म, २०६३ देखि २०७४ सम्म र स्थानीय तह, प्रदेश र संघको निर्वाचन देखि हाल सम्मको घटनाक्रम, हाम्रा भूमिकाहरुको समीक्षा हुन जरुरी छ । कोभिड १९ महामारी जस्ता सामाजिक संकट, दुर्घटना, विपद र असहज परिस्थितिको व्यवस्थापन सहित नियमित शासन र विकास प्रक्रियामा हाम्रो इमान्दारिता र क्षमता अहिले मूल्यांकनको गम्भीर कठघरामा छ । तर यसको मूल्यांकन, समीक्षा र आगामी कार्यदिशा तय गर्दा हामीमा वृहद निष्पक्षता, विश्लेषण क्षमता, विवेक र न्यायिक मन अपरिहार्य छ ।
जिल्लाको विकास र शासनवाट निर्माण हुनु पर्ने अवस्थाको गम्भीर सिंहावलोकन, पर्याप्त सम्वाद र छलफलको आवश्यकता महसूस भै रहंदा पनि जिम्मेवार पात्र र निकायहरु सांगुरो घरामै रमाएको पाइन्छ । सीमित वर्ग र मानिसको चासो शहीदको रगतवाट जन्मिएका वर्तमान सरकारको प्रवृत्ति प्रति अधिकांश नागरिक र सजग आंखा र मनहरु दुखि छन् । देखिने सवैले प्रचूर प्राकृतिक तथा मानवीय श्रोत, जैविक विविधता, गौरवमय ईतिहास, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पर्यटकीय महत्वका स्थलहरु विद्यमान, मूल्य श्रृंखलाका दृष्टिले महत्वपूर्ण वहुमूल्य जडीबुटी, कृषि तथा पशुजन्य उत्पादनको सम्भावनालाई विकासमा मूल प्रवाहीकरण गर्ने तर्फ हाम्रो पर्याप्त ध्यान जान सकेन ।

जाजरकोट जिल्ला मानव विकासमा पछाडी रहेका आधार अति गरिवी, अशिक्षा, असमानता र कुशासन नै हुन् । यसलाई सुचकगत रुपमा निम्नानुसार विश्लेषण गरी उल्लेख गर्न सकिन्छ ।

 

अति गरिवी, अशिक्षा, असमानता र कुशासनका सूचकहरु

  •  खाद्य असुरक्षा, वेरोजगारी र वहुआयामिक गरिवी व्याप्त भै जनजीवन जोखिमपूर्ण वन्दै गएको ।
  •  राज्य प्रति जनताको अपनत्वभाव हराउंदै गएको र सरकार विहीनताको अनुभूति ।
  •  समयक्रम संगै गरिवी र गरिवीको अन्तर झन् झन् वढ्दै गएको ।
  •  कर्मकाण्डी स्वरुपको ढोंगी शासकीय चरित्र विद्यमान रही सुशासनको अवस्था अति चिन्ताजनक भैरहेको ।
  •  सरकारी निकाय र स्थानीय सरकारको कार्य सम्पादन अवस्था गरिवमुखी नरहेको ।
  •  विकासका कामको उपलव्धी लक्षित वर्गको पहुंचमा नहुनु ।
  •  शिक्षण सिकाई उपलव्धी, वहुआयामिक श्रृजनशीलता र प्रतिष्पर्धी क्षमताको कमी ।
  •  शासकीय तह, आधारभूत सार्वजनिक सेवा र विकासमा गरिवमुखी पहुंचको कमी ।
  •  ईमान्दार र सामाज रुपान्तरणमा योगदान दिने मानिस पाखा लाग्दै गएका र पाखा लगाईएको ।
  •  अवसरवादी र जालझेल गर्नेहरु सामाजिक भूमिकामा निर्णायक वन्दै गएका ।

यस्तो चिन्ताजनक अवस्थाका कारणहरु
 अगाडी वढ्न खोज्दा ईतिहासको समीक्षा तथा मूल्यांकन नगर्ने प्रवृत्ति ।
 भूमिका, श्रोत र अवसर श्रृजना र वितरणमा सामाजिक न्याय हराएको ।
 न्यायिक मन, ईमान्दारिता र प्रतिवद्धता कागजमा सीमित ।
 विकास अनुदान र सहयोगवाट अति गरिव भन्दा पनि गरिवको नाममा वीचको हुने खाने तप्का हावी ।
 जनप्रतिनिधि, राजनीतिक दल र सामाजिक अगुवाको भूमिका कम प्रभावकारी रहेको ।
 सामाजिक सरोकारमा समेत वृहद एकताको विकास गर्न नसकिएको ।
 सुशासन र जनउत्तरदायित्व सहितको दीगो विकासमा कम प्राथमिकता ।
 आवश्यकता र आत्मनिर्भरता अनुसार उत्पादन नहुंदा गरिवी र वेरोजगारी वढ्दै गएको ।
 विकासका सीमित प्रयासहरु दीगो विकास अनुरुप नभै आधारभूत पूर्वाधार र संरचना वन्न नसक्नु ।
 जनताको जीवन सुरक्षा र रुपान्तरण गरी जीविकोपार्जन सहज वनाउन पर्याप्त ध्यान नजानु ।
 स्थानीय विकास निर्माण र निर्णय प्रक्रियामा सीमान्तिकृत वर्गको प्रतिनिधित्व, सहभागिता र पहुंच अर्थपूर्ण वन्न नसक्नु ।
 केही जान्ने वुझ्ने, क्षमतावान र पहुंच भएकाहरु पनि सामाजिक काममा अग्रसर भन्दा उपदेश दिनमा व्यस्त ।
 आफ्नो फाईदाका लागि कानून मिच्ने र अरुलाई कानून लगाउने गलत चिन्तन हावी ।
 ईतिहासको मूल्यांकन र समीक्षा नगर्ने परिपाटी ।
 सामाजिक भूमिकाको निर्धारण गर्दा अन्धभक्त राजनीतिक, नातागत र स्वार्थपूर्ण आग्रह हावी ।
 जसरी पनि पैंसा कमाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुको साटो आफुले पनि त्यही प्रवृति दोहोर्याउने संस्कार हावी ।
 जन प्रतिनिधिहरुलाई विविध अवसर प्राप्तिका काममा लगाउने र सकारात्मक भूमिकाका लागि पनि जस नदिने ।
 विकासका विविध निर्णय प्रक्रियामा व्यवस्थित रुपमा अध्ययन, विश्लेषण कम भएको ।
 पछिल्लो समयमा कमिशन एजेण्ट र विचौलियाहरु सरकारी विकास प्रक्रियामा हावी हुनु ।
 विकासका सवालमा पर्याप्त र उपयुक्त छलफल, वहस, अन्तरक्रिया र योजना निर्माण गर्ने काममा कमी ।
 सार्वजनिक दिवश, कार्यक्रम तथा समारोह पछिल्ला दिनहरुमा औपचारिकतामा सीमित ।
 झोलामा खोला राख्ने माफिया लगायतका विचौलिया, समाजलाई भ्रष्ट वनाउनेहरु गाउं छिरिसकेका ।
 वजारहरु चोर र अपराधीका अखाडा वन्दै हिंसा र सुरक्षाका जोखिम उच्च वन्दै ।
 नागरिक संगठनहरुका पदाधिकारी तथा अगुवाको निष्क्रियता र सहकार्यको कमी ।
 समय सापेक्ष शीप र क्षमता विकासका प्रयास पर्याप्त नभएका ।
 कृषि तथा वनजन्य उद्योगको विस्तारमा स्थानीय सीप र उद्यमशीलता शीथिल रहनु ।
 खाद्य असुरक्षा र रोजगारको अभावले गर्दा युवा जनशक्ति बाहिरिनु पर्ने बाध्यता ।
 वन, जडीबुटी, जैविक विविधता, वातावरण सन्तुलन र संरक्षण तर्फ सरोकारवाला गम्भीर नहुनु ।
 विकास प्रक्रियामा अनुगमन, मूल्यांकन कमजोर र अर्थहीन हुनु ।
 विकासमा दलगत ऐक्यवद्धता र जन सहभागितामा कमी हुनु ।
 स्वास्थ्य जनशक्ति, भौतिक सुविधाको कमी र स्वास्थ्यकर्मीको सेवा प्रवाहको निन्तरता र गुणस्तर राम्रो नहुनु ।
 उचित बजार व्यवस्थापनको कमीले गर्दा कृषि तथा पशु व्यवसाय बजारमुखी हुन नसक्नु ।
 सार्वजनिक क्षेत्रमा समग्रमा सुशासनको अवस्था चिन्ताजनक रहेको ।
आगामी कार्यदिशा
 ४१७ मेघावाटको जलाशययुक्त आयोजना नलसिंहगाड आयोजनाको सफल कार्यान्वयनमा जोड दिउं ।
 लोपोन्मुख रेडपाण्डा र सुनगिद्ध जस्ता जैविक विविधता संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पुर्याउं ।
 विकासमा सुशासनका लागि खवरदारी गर्दै भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता कायम गरौं ।
 सूचनाको हकको उपयोग गर्दै सामाजिक सजगता र निगरानी वढाऔं ।
 वहुमूल्य जडीबुटीहरुको खेती, दीगो व्यवस्थापन तथा संकलन, प्रशोधन र निकासी प्रवद्र्धन गरौं ।
 धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्वतारोहण, ट्रेकिङ्ग, साहसी पर्यटन, ¥याफ्टिङ्ग, ग्रामीण तथा साँस्कृतिक पर्यटन, अध्ययन तथा अनुसन्धानमूलक पर्यटन प्रवद्र्धनमा जुटौं ।
 सार्वजनिक शिक्षाको उपलव्धी र प्रतिष्पर्धी क्षमता प्रवद्र्धन गरौं र प्रविधिमैत्री र उत्पादनमूलक शिक्षामा जोड दिउं ।
 स्वास्थ््य सेवाको क्षमता र गुणस्तर वढाउं र जनताको पहुंचलाई वढाऔं ।
 राजनीतिक संगठन र जनप्रतिनिधिको भूमिका वलियो वनाउन सहयोग गरौं ।
 महामारी र विपद तथा जलवायु परिवर्तन प्रतिकार्य र अनुकूलन क्षमता वढाउं ।
 स्थानीय जलवायु अनुकूलित खाद्यान्न, तरकारी, गैह्र काष्ठ वन पैदावार तथा जडीवूटी, फलफूलको उत्पादन वढाउं ।
 परम्परागत कृषि र पशुपालनलाई व्यावसायीकरण तर्फ वढाउं ।
 विपद र जलवायु परिवर्तन अनुकूलन क्षमता, वालमैत्री, वातावरणमैत्री र लक्षितवर्ग मैत्री विकासमा जोड दिउं ।
 स्थानीय कला, साहित्य, संस्कृति र सम्पदाको सम्वद्र्धन, संरक्षण र प्रवद्र्धनमा जुटौं ।
 अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकको मर्यादा र आवश्यकतालाई ध्यान दिउं ।
 युवा केन्द्रीत रोजगारी प्रवद्र्धन गर्न जीवनोपयोगी शीप विकास गरौं र उनीहरुलाई नव निर्माणका साझेदार वनाऔं ।
 रणनीतिक सडकको स्तरोन्नतीमा ध्यान केन्द्रीत गर्दै रणनीतिक सडक सञ्जाल विस्तारका ढोका खालौं ।
 विकासमा वालवालिका, युवा, महिला, दलित, जनजाती, विपन्न र कमजोर वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गरौं ।
 सुशासनका आधारहरुलाई वलियो वनाऔ ।
 जाजरकोट जिल्लाको विकासमा जिल्ला वाहिर वस्ने जाजरकोटीको माया र सहयोग जुटाऔं ।
 जिल्ला समन्वय समिति र स्थानीय सरकारहरुको पहलमा अर्थपूर्ण विकास र सुशासनका लागि निरन्तर सम्वाद गरौं र उच्च स्तरीय राजनीतिक तथा सामाजिक एकता कायम गरौं ।
 सक्षम, जनप्रेमी र कुशल व्यक्तित्वलाई जन प्रतिनिधि रोजौं, निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउं ।
 गरिवको नाम, रगत र पसिनामा विचौलिया मोटाउने प्रणाली अन्त्य गरौं ।
 जनमुखी प्रशासनिक संयन्त्र र कार्य संस्कृतिको निर्माणमा जोड दिउं ।

विकासका काममा ध्यान दिनु पर्ने मूल्य मान्यता

 वृहद राजनीतिक र सामाजिक एकता ः कानूनी शासन, विवेकशीलता र ईमान्दारिता ।
 सक्षम स्वास्थ््य प्रणाली, गुणस्तरीय शैक्षिक पूर्वाधार ः मानव सुरक्षा, दीगो विकास र सुशासनको आधार ।
 सुनिश्चित वाल अधिकार, समृद्ध जाजरकोटको आधार ।
 हाम्रो समाजको अग्रगामी रुपान्तरण ः परिवर्तनकामी युवाहरुको वहुआयामिक सवलीकरण ।
 आजको आवश्यकता ः हिंसा र विभेदको अन्त्यमा हाम्रो प्रतिवद्धता ।
 मर्यादा र प्रतिष्ठाका लागि गरौं अठोट, वनाउं स्वच्छ सफा र सुन्दर जाजरकोट ।
 प्यारी र कचाली हांस्छिन कलकल वग्छिन् भेरी, कुशे र चाखुरे अनि जूनी आउनु फेरी ।
 संरक्षण गरौं प्राकृतिक श्रोत साधन र जैविक विविधता, सुदृढ वनाउं विकासमा जनसहभागिता ।

२०७८ आषाढ ९ गते, जाजरकोट खलङगा ।
धन्यवाद ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad