प्रवाह संवाददाता । जाजरकोट
कोभिड १९ को संक्रमणका कारण संकटमा परेका जाजरकोटको भेरी नगरपालिकाका ५० विपन्न परिवारहरुलाइ स्टोरीज अफ नेपाल समुदाय काठमाडौंले खाद्य सामाग्री वितरण गरेको छ ।
नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीको पहल, वालअधिकारकर्मी कौशिला चन्दको समन्वयमा उक्त सँस्थाले मंगलवार भेरी नगरपालिकाका वडा नम्वर १, २ , ३ र ४ वडाका ५० विपन्न परिवारहरुलाइ दाल, चामल, नुन् तेल, चना,आलु, सावुन र मास्क लगाएतका खाद्य तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।
मंगलवार उक्त सस्थाले भेरी नगरपालिकाका शान्तिचौतारा, सिमलगैरी, स्याला ,रिसांग र कालेगाउँवाट प्रति परिवारलाइ ३० केजी चामल, ५ केजी दाल, ३ लिटर तेल, २ केजी नुन, २ केजी चना, ५० वटा सर्जिकल मास्क, ५ वटा लुगा धुने सावुन र ५ वटा नुहाउने सावुन वितरण गरेको नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले जानकारी दिए ।उनले वालअधिकार कर्मी कौशिला चन्दको समन्वय र आफनो पहललाइ स्टोरीज अफ नेपाल समुदायले स्वीकार गरि भेरी नगरपालिकामा विभिन्न कारणले आपतमा परेका विपन्न परिवारहरुलाइ खाद्य सामाग्रीहरु वितरण गरिएको वताए ।
कोरोना संक्रमणको जोखिम र देशमा लागु भएको निषेधाज्ञाका कारण संकटमा परेका नेपाली जनतालाइ सहयोग गर्ने उद्देस्यले जाजरकोटका विपन्न समुदायलाइ खाद्य सहयोग गरिएको स्टोरीज अफ नेपाल समुदाय काठमाडौंका जयदेव पौड्यालले वताए । उनले एउटा नेपालीले अर्काे नेपालीको दुखमा साथ दिने सँस्कार र परम्परा अनुसार जाजरकोटको भेरी नगरपालिकाका विभिन्न विपन्न समुदायका नागरिकहरुलाइ खाद्यन्न उपलव्ध गराइएको वताए । एउटा नागरिकको दुखमा साथ दिनु अर्काे नागरिकको दायित्व हो भन्ने सम्झेर आफुहरुले यो सहयोग जुटाएको उनको भनाइ छ ।
संकटका वेला विपन्न नागरिकहरुलाइ खाद्य सहयोग गरेर स्टोरीज अफ नेपाल समुदाय काठमाडौंले प्रशंसनीय काम गरेको भेरी नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष खम्वजंग शाहले वताए । उनले यस्तो कामले नागरिकहरुमा एकता र सद्भाव वढ्न सहयोग पुग्ने वताए । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव वस्नेतले देश अप्ठेरोमा परेको वेला विपन्न जनतालाइ सहयोग गर्ने स्टोरीज अफ नेपाल समुदायको काम अमुल्य रहेको वताए । उनले सवैले यस्तै काम गर्न हातेमाले गरे जनताका धेरै दुख र पिडाहरु कम हुन मद्दत पुग्ने वताए ।