माया पन्त । जाजरकोट
पत्रकार जनक केसीले जाजरकोट अस्पतालका १८ वटा सिलिन्डरमा अक्सीजन भरिदिएका छन् । नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन जाजरकोटका पुर्व अध्यक्ष केसीले कोरोनाको संक्रमण भएर अस्पतालमा भर्ना भएका विरामीहरुलाइ उपचारमा सहयोग गर्ने उद्धेस्यले व्यक्तिगत खर्चमा १८ वडा सिलिन्डरमा अक्सीजन भरेर केसीले मंगलवार अस्पताललाइ हस्तान्तरण गरेका छन् ।
कोरोना संक्रमणले भयावह रुप लिदै गएको र जाजरकोट अस्पतालमा भर्ना भएका विरामीहरुलाइ थोरै मात्रामा भएपनि अक्सीजन आपुर्तिमा सहजता आओस भनेर आफुले जाजरकोट अस्पताललाइ अक्सीजन सहयोग गरेको पत्रकार केसीले वताए । महाविपत्तिका वेला अप्ठेरो वेहोरिरहेकाहरुलाइ सक्दो सहयोग गर्नु नै मानव धर्म भएको सोचेर आफुले अस्पतालका लागि आफनो क्षमता अनुसार सहयोग गरेको केसीले वताए । केसीको सहयोगमा भरिएका अक्सीजनका १८ वटा सिलिन्डरहरु मंगलवार अस्पताल व्यवस्थापनलाइ हस्तान्तरण गरिएको छ । केसीले आफनो आर्थिक सहयोगमा नेपालगन्जवाट अक्सीजन भरेर ल्याइएका सिलिन्डरहरु स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाइ हस्तान्तरण गरे।
हस्तान्तरणपछि अस्पतालका निमित्त व्यवस्थापक जैसीले पत्रकार केसीको सहयोगले अस्पतालका विरामीहरुलाइ उपचार गर्न ठुलो राहत मिलेको वताए ।महाविपत्तिका वेला अक्सीजन अभाव खेपिरहेको जाजरकोट अस्पतालाइ केसीले गरेको सहयोग प्रशंसनीय रहेको निमित्त व्यवस्थापनक जैसीले वताए । संकटका वेला अस्पताललाइ अक्सीजन सहयोगगरेको भन्दै स्वास्थ्य सेवा कार्यालय जाजरकोटले पत्रकार केसीलाइ लिखित रुपमै धन्यवाद दिएको छ ।
यस्तै गत वर्षको लकडाउनका वेला पनि केसीले व्यक्तिगत खर्चमा १८ विपन्न परिवारहरुलाइ खाद्यन्न वितरण गरेका थिए भने विभिन्न व्यक्ति र सँस्थाहरुसंग समन्वय गरेर एक सय पचास वढी अन्य विपन्न परिवारका लागि विभिन्न व्यक्ति र सँस्थाहरुवाट खाद्य सहयोग जुटाएर वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका उपमन्त्री एवम सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक समेत रहेका पत्रकार केसीले यस अघि एउटा अभियान मार्फत १० लाख वढी रकम संकलन गरेर गत वर्षको फागुन महिनामा त्रिभुवन माध्यमिक विद्यालय खलंगाका विद्यार्थीहरुका लागि खानेपानी योजना निर्माण गरेका थिए । खानेपानीको चरम समस्या रहेको उक्त विद्यालयका विद्यार्थीहरुका लागि केसीको अगुवाइमा वनेको खानेपानीले ठुलो राहत मिलेको उक्त विद्यालयका प्रधानाध्यापक भक्तवहादुर मल्लले वताए ।विद्यालयका लागि मात्र नभइ थाप्लेचौरवासीका लागि समेत यस खानेपानीले गुण लगाएको प्रधानाध्यापक मल्लले वताए ।