March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

मलामी जाँदा बढ्यो संक्रमण ः न मास्क, न सामाजिक दुरी !

राजेन्द्र कार्की । जाजरकोट
नलगाड नगरपालिका ११ का वडा सदस्य भीमबहादुर मल्लको कोरोका कारण गत साता ज्यान गयो । उनको हिन्दु संस्कार अनुसार दाह संस्कार गरियो । करीब तीन सयको संख्यामा मानिसहरु मलामी गए । रग्दाका पुर्व गाविस अध्यक्ष तथा पुर्वप्रधानपञ्च भएकोले पनि उनको गाउँमा ठुलो प्रभाव थियो । सोही कारण मानिसहरु पनि धेरै मलामी आए । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम दाहसंस्कार सुरक्षाकर्मी(सेना)को प्रत्यक्ष निगरानीमा गर्ने गरिएपनि त्यहाँ त्यसो गरिएन । अन्तिम संस्कारमा लापरवाही भएको भन्दै स्थानिय मोहन बस्नेतले स्थानिय सरकार सँग सामाजिक सञ्जालमै रोष प्रकट गरे । उनले भने ‘वडा सदस्यको कोरोनाका कारण मृत्यु भएको खवर छ यथार्थ के हो यदि हो भने नगरपालिकाले परम्परागत रुपमा अन्तिम संस्कार गर्न किन दिएकोे नगरवासीलाई सुरक्षा चाहिन्न ? प्रमुख ज्यु लापरवाही किन ।’ उनको यो चिन्ता आम नागरिक प्रति थियो । नभन्दै अहिले नलगाडमा कोरोना भित्र भित्रै फैलिरहेको छ । धेरै विरामी परेका छन् । तर न परिक्षणका लागि किटको ब्यवस्था छ न उपचारको लागि पुर्वतयारी नै ।
त्यस्तै कुशे गाँउपालिका १ का एक जना ८५ बर्षिय बृद्धको मृत्यु भयो । उनको अन्तिम संस्कार गर्न पनि सयौको संख्यामा मानिसहरु मलामी गए । मलामी जाने र सामाजिक संस्कार महामारी नियन्त्रणका लागि चुनौति बनेको वडाध्यक्ष गोपाल नेपालीले बताए । उनले चिन्ता प्रकट गदै भनेका छन् न मास्क न सामाजिक दुरी । म कसरी बुझाउ जनतालाई ?

दुवै ठाँउ न मास्क न सामाजिक दुरी नै कायम भयो । कुनै पनि मानिसको मृत्यु भएपछि सामाजिक संस्कार र मान्यताले मलामी जाने गर्दछन् । एक जना मानिसको मृत्यु हुँदा दुई सय बढी नै मलामी जाने गर्दछन् । जसका कारण पनि कोरोना संक्रमण फैलिरहेको स्वास्थ्यकर्मीको भनाई छ । मलामीका साथै विवाह र पुजापाठमा मानिसहरुको भिडभाड कायमै छ । स्थानिय प्रशासनले लकडाउन गरेको भएपनि गाँउघरमा भीडभाड कायमै छ । किट अभावमा परिक्षण हुँदैन । न त लक्ष्यण सहितका विरामी देखिए भेन्टिलेटर, आइसीयु लगायतको सुविधा छ नलगाड नगरपालिका ४ का छवि पन्तले भने ‘सरकारले आफ्ना नागरिकको जीवनरक्षाका लागि कुनै पहल गर्न गरेको छैन । स्थानिय सरकारले पनि पुर्वतयारी गर्न सकेनन ।’

पिसिआर र एन्टिजेन दुवै विधिबाट गरिएको परिक्षणबाट जिल्लामा सात सय ८ जना संक्रमित भएपनि तीन सयले कोरोना जितेका छन् । हाल जिल्लामा तीन सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा संक्रमितको संख्या अझै धेरै हुन सक्ने स्थानियको आकलन छ । परिक्षण नहुँदा स्थानियहरु आफु खुसी रुघाखोकी र ज्वरोको औषधी खाने गरेका छन् । कुशे ५ दमदालामा गाँउका सवै मानिसहरुमा रुघाखोकी र ज्वरो आउने लक्ष्यण रहेको भएपनि परिक्षण गर्न कोही नपुगेको स्थानिय कमल थापाले बताए । उनले भने ‘गाँउभरी ज्वरो र रुघाखोकीका विरामीले मानिसहरु लखतरान छन् ।’ कोरोनाको जस्तै लक्ष्यण भएकोले स्थानिय त्रसित भएका छन् । जिल्लाका अन्य गाँउमा पनि विरामीको संख्या ह्वात्तै बढेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad