राजेन्द्र कार्की । जाजरकोट
जर्वजस्ती करणी गरेको आरोपमा एक जीप चालक जाजरकोटमा पक्राउ परेका छन् । दैलेख दुल्लु नगरपालिका १३ घर भइ जाजरकोटमा जीप चलाउँदै आएका २१ बर्षिय भरतबहादुर शाहीले नलगाड नगरपालिकाकी १७ बर्षिय किशोरीलाई जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।