जाजरकोटमा २८५ जनाले जिते कोरोना

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा हाल सम्म दुई सय ८५ जनाले कोरोना जितेका छन् । कोेरोना पोजेटिभ भएका उनीहरुको उपचार पछि पुनः परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो । शनिवार एन्टिजेन परिक्षाणबाट १४ जनामा पोजेटिभ देखिएको छ भने ३९ जनाले कोरोना जितेका छन् । पछिल्लो समय संक्रमितको संख्या भन्दा कोरोना जित्नेको संख्या बढ्दै गएको छ ।

जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका अनुसार कोरोना शुरु भएको २०७६ चैत्र यता जिल्लाभर ६ हजार पाँच सय ८६ जनाको पिसिआर गरिएकोमा संक्रमित एक सय ८६ जना र एन्टिजेन एक हजार दुई सय एक जनाको गरिएकोमा चार सय ६ गरि जम्मा कुल संक्रमित पाँच सय ९२ जना रहेकोमा दुई सय ८५ जनाले कोरोना विरुद्धको लडाई जितेका छन् । जिल्लामा हाल दुई सय ९७ जना रहेको छन् । संक्रमित मध्य नौ जनालाई जिल्ला बाहिर रिर्फर गरिएको छ । दुई जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमित मध्य केही होम आइसोलेशन र अस्पतालका आइसोलेशनमा रहेका छन् ।

bhumi-sanrakshyan

जाजरकोट अस्पताललाई हाल कोभिड अस्पताल बनाईएको छ । जिल्लाभर एक सय तीन ओटा आइसोलेशन बेड, तीन वटा आइसीयु कक्ष, एक भेन्टिलेटर कक्ष, अक्सिजन सिलिन्डर संख्या ५४, एचडीयु वेड एक, अक्सिजन सहितको आइसोलशन ३३ वेड, साधारण आइसोलेशन ७० रहेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख छ । यद्यपी भेरी नगरपालिकाले दैनिक जसो पिसिआर परिक्षण गर्ने गरेपनि धेरै दिन देखि अपडेट गरिएको छैन । प्रतिवेदनमा मृतकको संख्या समेत घटाएर एक उल्लेख गरिएको छ । एक जना संक्रमितको मृत्यु बाँकेमा भएको र उनको बाँकेमै गणना भएकोले जाजरकोटमा मृत्यु भएको संख्यामा नराखिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद गौतमले बताए । तर प्रतिवेदनमा उक्त कुरा उल्लेख नगर्दा स्थानियमा अन्यौल देखिएको छ ।

निको भएका कोरोना संक्रमितले साथीभाइ र आफन्तको माया र हौसलाले कठिन युद्ध जितेको बताएका छन् । उनीहरुले खुसी प्रकट गदै सहयोग गर्ने सवैलाई धन्यवाद दिन थालेका छन् । कठिन युद्ध जितेको उनीहरुको प्रतिक्रिया छ ।

लक्ष्यण सहितका एक संक्रमितले आफ्नो अनुभुव सेयर गदै प्रवाह सँग भने–‘कोरोनाले निकै गलाउँदो रहेछ । अत्याधिक ज्वरो, थिलोथिलो शरीर, पटक्कै जाँगर नलाग्ने, स्वाद र गन्ध पटक्कै नआउने, खोकी, घाँटी र छाती दुख्ने मन निकै कमजोर हुने । यस्तो बेला घरपरिवार, साथी भाई र आफन्तको हौसला र मायाले थप उर्जा प्रदान गर्दो रहेछ । एक हप्ता निकै कठिन गरि विते त्यतिवेला त बाँचिन्छ जस्तो लागेको थिएन । पुर्नजन्म पाएको महसुस भएको छ । कोरोना जिते पनि पहिलेकै अवस्थामा फर्कन समय लाग्छ होला ।’

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya