जाजरकोटमा शनिवार देखि निषेधाज्ञा !

राजेन्द्र कार्की । जाजरकोट

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी बैशाख १८ गते शनिवार राति १२ बजे देखि लागु हुने गरि एक साताका लागि जाजरकोटमा निषेधाज्ञा (आदेश) जारी गरिएको छ ।

जिल्ला कोभिड ब्यवस्थापन केन्द्र, सर्वदलिय सवैपक्षिय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्य नजर गदै कोभिड–१९ को संक्रमण फैलावटको साङ्गलो तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोकग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम आगामी बैशाख १८ गते राती १२ बजे देखि बैशाख २५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

bhumi-sanrakshyan

बैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा द्धारा जारी आदेशमा उल्लेख गरिएको छ । तर तरकारी, खाद्य, दुध र ग्याँसका पसल भने विहान ६ बजे देखि ९ बजे सम्म संचालन गर्न दिईने उल्लेख छ । साथै एटिएम सेवा, औषधी पसल, एम्बुलेन्स लगायतका सेवा भने सुचारु हुनेछन् । जाजरकोटमा हाल सम्म परिक्षण गरिएका मध्य ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा केही पालिकाले तोकेका विद्यालयका परीक्षा समेत स्थागित हुने भएका छन् । भेरी र बारेकोट बाहेक अन्य पालिकाले विद्यालय अहिले सम्म बन्द गरेका छैनन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya