जाजरकोटमा स्वास्थ्यकर्मी सहित ५६ जनामा कोरोना संक्रमण, सचेत रहन आग्रह

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा स्वास्थ्यकर्मी सहित ५६ जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न चरणमा गरिएको एन्टिजेन परिक्षणबाट जाजरकोट अस्पतालका तीन स्वास्थ्यकर्मी सहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार २५ जनामा गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको छ ।

मंगलबार गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या ५६ पुगेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन्

bhumi-sanrakshyan

परिक्षणबाट पुष्टी भएका मध्य भेरी नगरपालिकाका मात्र ४१ जना रहेका छन् । जिल्ला अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यसैगरी जिल्लाका अन्य पालिकाका १२ जना संक्रमित बिरामी रहेको खत्रीले बताए । संक्रमण भित्रभित्रै भुसको आगो झै फैलिरहेको भएपनि परिक्षणलाई तिव्रता दिईएको छैन । किट अभावमा सवैलाई परिक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

संक्रमित बिरामीहरुको अबस्था हेरेर जिल्ला अस्पतालको बेडमा राखेर ८ जना बिरामीहरुलाई उपचार गरिएको छ । अन्य संक्रमितहरुलाई स्वास्थ्य कर्मीहरुको निगरानीमा होम आईसुलेसनमा राखेर उपचार गरिएको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुलाई परिवारका अन्य सदस्यहरुसंगको सम्पर्कबाट टाढा राख्नुको साथै नियमित दुध, अण्डा, माछा, मासु जस्ता पोषणयुक्त आहार बिहार गर्न गराउन भेरी नगरपालिकाले आग्रह गरेको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुले दैनिक योग तथा व्यायम गर्ने, धार्मिक तथा अध्यामिक प्रवचन सुन्ने, सुनाउने जस्ता प्रकृति चिकित्सा विधीलाई अबलम्बन गर्न भेरी नगरपालिकाद्धारा मंगलबार जारी गरिएको अपिलमा भनिएको छ–‘मध्यपान तथा धुम्रपानदेखी सबै बिरामीहरु टाढा बस्न अनुरोध छ । सवैलाई सचेत रहन आग्रह गरिन्छ ।’

यसैवीच, कोरोना संक्रमणको जोखिम बढेपछि भेरी नगरपालिकाले सोमवार देखि एक साताका लागि सवै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको छ । बारेकोट गाँउपालिकाले बुधवार देखि एक साताका लागि विद्यालय बन्द गरेको छ । नाकामा कडाई गरिएको स्थानिय प्रशासनले जनाएको छ । स्थानिय प्रशासनले मास्क लगाउन र २५ जना भन्दा बढी जम्मा नहुन निर्देशन दिएको छ । कोरोना संक्रमणको त्रास बढेपछि विद्यालयका बार्षिक परिक्षा समेत के हुने भन्ने अन्यौल देखिएको छ । केही दिन भित्रै लकडाउन हुन सक्ने आशंकाले मानिसहरु खाद्य सामग्रीको जोहो गर्न थालेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya