प्रवाह संवाददाता । जाजरकोट
भेरी नगरपालिका जाजरकोटका महिला जनप्रतिनिधिहरुका लागि लैङ्गिक समता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको छ । अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया,को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम अन्तरगत युवा जाजरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट को आयोजनामा भेरी नगरपालिका को समन्वयमा खलंगामा तालिम सम्पन्न भएको हो ।
तालिममा भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारी लगायत वडा नं १ देखी ५ सम्म्का महिला जनप्रतिनिधि, कार्यपालिका महिला सदस्य,सुरक्षा निकाय,भेरी नगरमहिला तथा बालबालिका साखा,यार्सन जाजरकोट अन्तरगत गठित युवा क्लव तथा आइपीएम समुहका प्रतिनिधिहरु गरि २५ जनाको सहभागिता रहेको यार्सनका महिला अधिकार सहजकर्ता निर्मला बटालाले बताउनु भयो ।
तालिममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण, न्यायिक समितिको काम,कर्तव्य र अधिकार क्षेत्र , ( न्यायिक समिति, प्रहरी र अदालत ले हेर्ने घटना का प्रकृतिहरु लैङ्गिक हिंसा, घरेलु ंिहसाको प्रकृति र नेपाली महिलाहरुको जीवन अवस्था लैंगिक समानता तथा सामाजिक समावेशीकरण निति निर्माणमा को आवस्यकता जस्ता विषयमा सहजकर्ताहरु वाट सहजिकरण गरिएको थियो ।
तालिमको सहजिकरण नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, अधिवक्ता सहदेव जंग शाह , यार्सन का जिल्ला कार्यक्रम प्रबन्धक सहदेव बस्नेतले गर्नु भएको थियो । साथै जिल्ला प्रहरी कार्यालय जाजरकोटका महिला बालबालिका तथा जेष्ठ नागरिक सेल फोकल व्यक्ति प्रहरी नायव निरीक्षक नन्दकलि कटवाल र भेरी नगरपालिका महिला बालबालिका तथा जेष्ठनागरिक साखा प्रमुख बीपना पौडेलले महिला तथा बालबालिका क्षेत्रमा हुने घटना र सो को लागि अपनाइने कानुनि प्रक्रीयाका वारेमा आफ्नो अनुभवप्रस्तुत गर्नु भएको थियो ।
सहभागि जनप्रतिनिधिहरुले घरेलु हिंसाका घटना न्युनिकरण का लागि चुनौति रहेको बताएका थिए । घरेलु तथा लैङ्गिक हिंसा न्युनिकरणका लागि सवै क्षत्रवाट सामुहिक रुपमा लाग्नुपर्ने बताएका थिए । साथै समाजमा बालविवाह न्युनिकरणका लागि विद्यालय तहमा यस सम्वन्धि पाठ्यक्रमको विकास गरि पठनपाठन गराउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रम को समापन गर्दै भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले महिला जनप्रतिनिधिहरुका लागि तालिमको आयोजना गरि आवस्यक ज्ञान तथा कानुनि प्रक्रीयाका वारेमा जानकारी गराएको कार्य सराहनिय भएको बताउनु भयो । साथै आगामि दिनमा पनि यस्ता खाले तालिमको आयोजनाले समुदायमा लैगिक हिंसा न्युनिकरणमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।