बारेकोट पहिरो पिडित सार्कीटोलमा एनआरएन अष्टे«लियाको सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

गत असार २५ गते आएको पहिरोपिडीत बारेकोट गाउँपालिका ४ शार्कीटोलमा रहेका ३२ घर शार्की परिवार र अन्य गरि ४० घर परिवारलाई खाद्यान्न वितरन गरिएको छ । गैर आवाशीय नेपाली सँघ  अष्टेलियाको आर्थिक सहयोगमा बारेकोट गाउँपालिका सँगको समन्वय र युवा जागरण विकास केन्द्र नेपाल – (यार्सन )जाजरकोटको सहजिकरनमा उक्त राहत सामाग्री पिडीतहरुको गाउँ शार्कीटोलमै गएर सोमवार वितरन गरिएको हो ।

गत असार २५ गते राति वारेकोट गाउँपालिका क्षत्रमा आएको अविरल वर्षा पछि आएको पहिरोमा परि २ वटा घर पुरीदा १२ जना को मृत्यू भएको थियो पहिरोले गर्दा घरहरु जोखीममा भई करीव ५शय परिवार विस्थापीत भएर पाल मुनि बस्न वाध्य भएका थिए ।
सोही क्रममा वारेकोट शार्कीटोलमा पहिरोले पुरयाएको क्ष्मानविय तथा धनजनको क्षेति सम्वन्धि समाचार पढेपछि गैर आवासीय नेपाली सँघ दक्षीण अष्ट्रेलियाका  अध्यक्ष केेेशब कडेलले पहिरो पिडित परिवारलाई सहयोगको गर्ने सम्वन्धि समन्वय गर्नु भएको थियो । सोही समन्वय अनुरुप एनआरुएन ले उपलव्ध गराएको ८१ हजार वरावरको खाद्यान्न सामाग्री प्रति परिवार २५ केजी चामल र २ केजी दाल ) ४० घर परिवारलाई उपलव्ध गराएको छ ।

बारेकोट गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा आयोजना गरिएको वितरन कार्यक्रममा वडा अध्यक्ष सीर्जना बस्नेत, सचिव डम्वर पुन ,यार्सन जाजरकोट का कार्यक्रम संयोजक सहदेव बस्नेत, स्थानीय शिक्षक,वुद्धिजीवीहरुको उपस्थीतीमा भएको एक कार्यक्रमका विच पिडीत परिवारहरुलाई खाद्यान्न सामाग्ी हस्तान्तरन गरिएको हो । सामाग्री वितरन कार्यक्रममा वोल्दै वडा अध्यक्ष सीर्जना बस्नेतले सात समुन्द्र पारी वाट भएपनि आफ्नो वडाका पहिरोपिडितहरुका लागि गरेको सहयोगको सराहना गर्नु भएको थियो । त्यस्तै यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेतले पहिरोपिडित परिवारका लागि सानो भएपनि सहयोगको लागि समन्वय गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

पहिरोपिडित परिवारहरुले आफुहरुका दुःखमा साथ दिने एनआरुएन अस्टे«लिया परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । एनआरएन अष्टेलियका  अध्यक्ष केशब कडेलले आफुहरु संसारको जुनसुकै कुनामा रहेतापनि नेपालीहरुको हरेक दुखमा साथमै रहने बताउनु भयो । आफ्नो देसका पहिरो पिडितपरिवारहरुलाई सानो भउपनि सहयोग गर्न पाएकोमा र त्यसको अवसर जुटाइदिएकोमा बारेकोट गाउँपालिका र यार्सन जाजरकोटलाई धन्यवाद व्यक्त गर्नु भयो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले आफ्नो पालिकाका पहिरो पिडित स्थानीयहरुलाई सहयोग गरिदिएकोमा एनआरएन अष्ट्रेलिया परिवारलाई पालिकाको तर्फवाट हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad