नेकपाको गढ मानिने पिपेबाट २७ जना काँग्रेसमा

राजेन्द्र कार्की । जाजरकोट

नेपाल कम्युनिष्ट पार्टीको गढ मानिने भेरी नगरपालिका १ पिपेबाट २७ जना संगठित सदस्यले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका कार्यकर्ताहरु रवि राना, सिमान्त राना, रुपेन्द्र राना, दिनेश शाही, वेगबहादुर राना, इन्द्रबहादुर राना, केशव राना, कमल प्रसाद शाही, लोकेन्द्र राना, गगन राना, रमेश राना, तिलक राना, मिलन राना, गणेश राना लगायतका २७ जनाले काँग्रेसमा प्रवेश गरेका हुन् ।

bhumi-sanrakshyan

नवप्रवेशीहरुलाई नेपाली काँग्रेस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाहले स्वागत गदै नेपाली काँग्रेसमा प्रवेश गराएका थिए । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस वडासमितिमा जिम्मेवारी दिईएको छ । त्यस्तै दिनेश शाहीको नेतृत्वमा तरुण दलको वडा समिति विस्तार गरिएको काँग्रेसका युवा नेता विरबल पुनले बताए । पुर्व बन मन्त्री शक्ति बस्नेतको वडा र नेकपाका जिल्ला अध्यक्ष ढकवीर रानाको गाँउबाट नेकपा परित्याग गरि धेरै युवाहरु काँग्रेसमा प्रवेश गरेपछि उनीहरुलाई ठुलो धक्का पुगेको छ ।

अवसर दिएर पनि सदुपयोग गर्न नसकेको, जनतालाई धोका दिएको र नेताहरु अवसरवाद तथा कमाउ धन्दामा लागेकाले आफुहरुले नेकपा परित्याग गर्न बाध्य भएको स्थानिय तिलक रानाले बताए । उनले भने ‘सधै नेताहरुको भनेको मान्दै आयौ तर नेताहरुले हाम्रो लागि कहिल्यै केही सोचेनन् । आफ्नै कुर्चीका लागि लडिरहे । अव हामीहरुलाई भेडावाख्रा झै नसम्झिए हुन्छ । जता गोठालोले लग्यो उतै जाने ।’
नेकपा विभाजनले निराश भएका कार्यकर्ताले विकल्प स्वरुप लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस रोजेका हुन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya