आशाका सामाजिक परिचालकहरुका लागि क्षमता अभिवृद्धि तालिम

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट, पुस ११ गते

पहाडी साना किसानका लागि अनुकुलन आयोजना ( आसा ) ले आयोजनामा कार्यरत सामाजिक परिचालकहरुको क्षमता अभिवृद्धिको लागि पाँच दिने सामाजिक परिचालन तालिम सम्पन्न गरेको छ ।

भेरी नगरपालिका ३ ठाँटीमा यही पुष ७ गतेदेखि शुरु भएको तालिम शनिवार सम्पन्न भएको हो । तालिममा आसा परियोजनामा कार्यरत सामाजिक परिचालकहरु तथा विषयगत प्राविधक कर्मचारीहरु गरि १५ जनाको सहभागिता रहेको थियो ।

तालिममा सामाजिक परिवर्तन, सामाजिक परिचालन र यसका चरणहरु, उत्प्रेरणा बारेको अवधारणा र सामाजिक परिचालकहरुको कामसंग सम्वन्धित आधारभुत सीप संचार सीप, द्वन्द व्यवस्थापन, नेतृत्व विकास, सहजीकरण सीप अभिबृद्धि आदि रहेका थिए । त्यस्तै सहभागितामूलक ग्रामिण लेखाजोखाका विधिहरु प्रयोग गर्दै जलवायु संकटासन्न घरधुरीहरु तथा समुदाय पहिचान गर्न, समूह÷संगठनहरुलाई सहजीकरण गर्ने तरिका वारे सहजकर्ताहरुले सहजिकरण गर्नु भएको थियो ।

 

लैङ्गिक तथा सामाजिक समावेशीकरण, जलवायु परिवर्तन र स्थानीय अनुकूलन कार्ययोजना र सो को मूलप्रबाहिकरण, जलवायुमैत्री प्रमाणीकरण अवधारणा, जलवायुमैत्री कृषि प्रविधि, जलवायुमैत्री भौतिक पूर्वाधार र सुशासनको अवधारणा, अनुगमन मूल्यांकन र प्रतिवेदन का बारेमा समेत सहजिकरण गरिएको थियो ।

तालिमको सहजिकरण लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ द्रोपदि सुवेदी,जिल्ला आयोजना संयोजक देबेन्द्र गेलाल ,अनुगमण तथा मुल्याँकण विज्ञ लोक गौतम,जलवायु विज्ञ संजीत कँडेल, बालकृष्ण जमरकट्टेल,कृषी विज्ञ शंकर न्यौपाने र तालिम प्रशिक्षक सहदेव बस्नेतले गर्नु भएको थियो ।

तालिमको अन्तिम दिन यस आसा परियोजनाका परियोजना संयोजक कृष्ण प्रशाद वस्ति र वन तथा वातावरण मन्त्रालयका उप सचिव रेवतिरमण सापकोटा को समेत सहभागिता रहेको थियो । तालिममा आफ्नो भनाई राख्दै आयोजना प्रमुख वस्ती ले सामाजिक परिचालकहरुको परियोजना को कार्यान्वयनको दौरानमा धेरै पसीना वगेकाले यस परियोजना लाई सफल पार्न भुमीका रहेको बताउनु भयो ।परियोजनामा कार्यरत सामाजिक परिचालकहरु समाजको ऐना भएकाले समाजको मानविय पुजी निर्माणमा प्रभावकारी भुमीका खेल्न आग्रह गर्नु भएको थियो । त्यस्तै उपसचिव रेवती सापकोटाले परियोजनाले राखेको लक्ष उद्येश्य पुरा गराउन सामाजिक परिचालकहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।

सामाजिक परिचालकहरुलाई वदलीदो परीवेस अनुसार को ज्ञान,सीप र विषयवस्तुको अभिवृद्धिका लागि तालिको आयोजना गरिएको जिल्ला आयोजना संयोजक देबेन्द्र गेलालले जानकारी दिनु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad