April 17 - 2024, Wednesday४ बैशाख २०८१, मंगलवार

पत्रिका पुरयाएर पढाई खर्च जुटाउँदै सर्मिला

राजेन्द्र कार्की । जाजरकोट

कुशे ८ पैक कि सर्मीला रोकाय त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटमा १० कक्षामा अध्ययनरत विद्यार्थी हुन् । एसईईको तयारीमा धेरै समय दिनु पर्ने बेला उनी हातमा पत्रिका बोकेर सदरमुकाम स्थित विभिन्न ब्यक्तिका घर र अफिस चाहार्छिन । पत्रिका पुरयाउँदा पुर्याउँदै उनको विहानको करीव तीन घण्टा समय वित्ने गर्छ जसका कारण उनी अरु विद्यार्थी जस्तै सहज रुपमा पढ्न पाइरहेकी छैनन् । उनको यो रहर नभई बाध्यता हो । कसैले सहयोग नगरेपछि पढाई खर्च जुटाउन उनले स्थानिय भेरीमालिका पत्रिका पुर्याउने काम गरिरहेको बाध्यता सुनाईन । पत्रिका पुरयाए बापत उनले मासिक पाँच हजार पाउँछिन । त्यसैबाट सदरमुकाम बस्ने र पढाई खर्च जेनतेन जुटाईरहेकी छन् ।

चार बर्ष अघि आमाको निधन भएको र बुवा नरबहादुर रोकायले दोस्रो विहे गरेपछि उनका दुःखका दिन शुरु भए । बुवाले नहेरेपछि तीन भाईलाई आफु सँगै राखेर सदरमुकाममा आफु पढ्ने र भाईहरुलाई पढाउने गर्थिन तर दुई बर्ष अघि भेरी नगरपालिका ३ ठाँटी नजिक गएको पहिरोमा परि दुई भाई गुमाउन पुगिन । आफुले दुख्ख गरेर भएपनि भाइहरुलाई पढाउने सोच थियो तर दैवले चुडेर लग्यो । बचेका एक भाईलाई एसओएस बालग्राम सुर्खेतले निशुल्क पढाउने गरि जिम्मा लिएपछि उनी एक्लै परेकी छन् ।

अहिले भाडाको घरमा बसेर पढ्ने गरेकी छन् । कोठाभाडा मासिक एक हजार तिर्नु पर्छ । खाना खर्च,कापी कलम र टिउसन फि लगायतका खर्च जुटाउन उनलाई हम्मेहम्मे परिरहेको छ । पाँच हजारले पनि पुग्दैन । पैसा नहुँदा कतिदिन भोक सहेरै खाली पेट बसेकी छु उनले दुःख प्रकट गदै भनिन ‘म जसरी पनि पढ्छु । औपचारिक पढाई सकेर केही सीपमुलक ब्यवसाय गर्ने सोचमा छु ।’ बुवा पनि शारीरिक अपाङ्ग हुनुहुन्छ । आर्थिक अवस्था कमजोर छ । पैसा पठाउन सक्ने अवस्थामा हुनुहुदैन । आफैलाई जीउन समस्या छ सर्मिलाले भनिन ‘यस अघि भारि बोक्ने र पल्लादारी गरेर गुजरा चलाएकी थिए । खुट्टामा चोट लागेपछि अहिले ठुलो शारिरीक श्रम गर्न पनि सक्दिन त्यही भएर पत्रिका पुरयाउने काम गरिरहेकी हुँ ।’

काम गदै पढ्नु पर्ने भएकोले उनी पढाईमा अलि कमजोर भएपनि अनुशासित र मिहेनती रहेको त्रिभुवन माविका शिक्षक सत्यनारायण मण्डलले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad