सुन्तलाजात फलफुल जोन सन्चालन समन्वय समिति गठन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तलाजात फलफुल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ मा ब्यवस्था भए बमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजिकरण र लाभग्राहीहरुको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरि परियोजना कार्यान्वयन ईकाइमा जोन स्थापनाका लागि सुचीकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरी नौ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन गरिएको हो । यस अघि निर्माण भएको समन्वय समितिको म्याद सकिएपछि नयाँ समिति गठन गरिएको हो ।

जनसिद्धि कृषि सहकारी संस्था लि., कुशे गा.पा.५ दम्दालाका लोकेन्द्र वलीको संयोजकत्वमा समन्वय समिति गठन भएको हो । समितिको सहसंयोजकमा चन्द्र बहादुर वली, प्रगतिशिल तरकारी खेती कृषक समुह, भेरी न.पा.२ तिमिले, सचिवमा राजु बिष्ट, हरियाली फलफुल कृषक समुह, नलगाड न.पा.३ चाउलेचौर, सहसचिव भुमलाल खत्री, खत्री नर्सरी उद्योग,छेडागाँड न.पा.१२ सिरुगाँड तथा सदस्यहरुमा भक्त बहादुर रावत, चिसापानी कृषक समुह, कुशे गा.पा.४ तम्ती, संगिता रोकाय, सिर्जनशिल महिला फलफुल तथा तरकारी कृषक समुह, कुशे गा.पा.९ पैकं, जय बहादुर थापा, जय मष्टा दिप फलफुल नर्सरी, नलगाँड न.पा.३ बाङ्गेडाँडा, विपना सिंह, हरियाली महिला कृषक समुह, भेरी न.पा.७ खाँतीगाउँ, विर बहादुर कार्की, गणेश बाख्रा फर्म, छेडागाँड न.पा.१२ कार्कीगाउँ रहेको जोन प्रमुख पिताम्बर बस्नेतले बताए ।

समितले बिद्यमान प्रबिधि र पूर्वाधार को अभिलेख तयार गर्ने ,कृषक समुह, सहकारी, उद्यमी आदिको विवरण अध्यावधिक गर्ने, कृषकहरुको माग संकलन गर्ने, कार्यक्रम संचालनमा सहजीकरण गर्ने,परियोजनाका सरोकारवालाहरु सँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारहरुको बिकाश, प्रयोग र सम्बर्धन गर्न सहयोग गर्नेछ । त्यस्तै, योजना तर्जुमा मा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवम पृष्ठपोषणमा परियोजना कार्यान्वयन ईकाइलाई सहजीकरण गर्ने लगायतका कार्य गर्ने जोन प्रमुख बस्नेतको भनाई छ ।

शनिबारका दिन जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख श्री मन बहादुर रावलको अध्यक्षतामा जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख श्री गणेश अधिकारी, भेटेनरी तथा पशु अस्पताल जाजरकोटका प्रमुख श्री जर बहादुर भक्री, भेरी नगरपालिका नगर कृषि शाखाका प्रमुख श्री यज्ञ अधिकारी र कृषि क्षेत्र विकास कार्यक्रमका प्रतिनिधि श्री गोविन्द सुनार ज्यूको आतिथ्यमा सुन्तलाजात फलफुल जोन सञ्चालन समन्वय समिति गठन गरिएको हो । उक्त गठन कार्यक्रममा सुन्तलाजात फलफुल जोनको कार्यक्षेत्र रहेका ४ वटा स्थानीय तह कुशे गाउँपालिका, नलगाँड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका सुन्तलाजात फलफुल खेती गर्ने ६२ जना कृषक समुह, सहकारी उद्यमी र स्रोतकेन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सुन्तलाजात फलफुल जोन सञ्चालक समितिका पूर्ब सचिव श्री हेमन्त बुढाले २ वर्षे अवधिमा समितिले गरेका कृयाकलापहरु समेटेर प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ, जाजरकोटका प्रमुख श्री पिताम्बर बस्नेतले गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad