राजेन्द्र कार्की । जाजरकोट
सेभ द चिल्ड्रेनको सहयोगमा कुशे र छेडागाडमा संचालित अवसर र सहयात्रा परियोजना द्धारा साढे आठ सय बालबालिकालाई न्यानो कपडा र विद्यालय सामग्री वितरण गरिएको छ । छेडागाड नगरपालिकाका ५ सय ५० र कुशे गाउँपालिकामा २ सय ८१ जना बिपन्न तथा सिमान्तकृत बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
जाडो मौसममा विपन्न परिवारका बालबालिकालाई विद्यालयमा कक्षा छाड्ने दर घटाउन न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि बालबालिका खुसी भएका छन् । निकै चिसो थियो । लगाउने न्यानो कपडा थिएन कुशे ८ मेलविसाउनका शिवराज गिरीले जाडोको बेला न्यानो कपडा र शैक्षिक सामग्री पाउँदा आफुलाई खुसी लागेको र पढाईमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
कुशे गाउँपालिकाका सबै ९ वटा वडाका २ सय ७७ जना सिमान्तकृत तथा बिपन्न र ४ जना बहुअपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको सहयात्रा परियोजनाको सामाजिक परिचालन अधिकृत निर्मला थापाले बताईन् । गरिबी र विपन्नताले बिद्यालय छोड्नुपर्ने अबस्थामा रहेका बालबालिकाहरुलाई सहयात्रा परियोजनाले झोला, कापी, कलम, सट–पाईन्ट, स्वीटर, जुत्ता, कलर पेन्सिल, ज्यामिती लगाएतका न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको अधिकृत थापाले जानकारी दिईन ।
बिशेष कार्यक्रमको आयोजना गरेर गाउँपालिकाका ९ वटै वडाका बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको साझेदार संस्था पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए । लत्ता–कपडा र शैक्षिक सामाग्रीको अभावले बालबालिकाले बिद्यालय छोड्नुपर्ने अबस्थाको अन्त्य भएको भन्दै सहयोगी निकायलाई गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले धन्यवाद दिए । सेभ द चिल्ड्रेनसंगको सहकार्यमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले कुशे गाउँपालिकामा संचालन गरेको सहयात्रा दोस्रो परियोजनाले कुशे गाउँपालिकाका २ सय ८१ जना बालबालिकालाई उक्त सामाग्री बितरण गरिएको छ ।
त्यसैगरी छेडागाड नगरपालिका भित्रका ५ सय ५० जना बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बिपन्न, जेहनदार र कापी कलमको समस्याले विद्यालय छोड्नुपर्ने अबस्थामा पुगेका नगरपालिका भित्रका १३ वटै वडाका ५ सय ५० जना बालबालिकाहरुलाई सामाग्री बितरण गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले जानकारी दिए ।। प्रति बाल बालिकालाई ३ हजार ५ सय बरावरको सामाग्रीहरु प्रदान गरिएको कार्यकारी निर्देशक पन्तले बताए । विपन्न बालबालिकालाई झोला, जुत्ता÷मोजा, स्विटर, कापी कलम, सिसाकलम, इरेजर, ट्राउजर सेट, विद्यालय पोशाक तथा न्यानो कपडा लगायतका सामाग्री वितरण गरिएको छ । ।