जुनीचाँदेमा साढे तीन बर्षपछि बल्ल गाँउबाटै सेवा !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जिल्ला सदरमुकाम खलंगाबाट सेवाप्रवाह गदै आएको जाजरकोटको जुनीचाँदे गाउँपालिकाले निर्वाचन भएको साढे तीन बर्ष पछि पहिलो पटक गाँउबाटै सेवा दिन थालेको छ । प्रशासनिक केन्द्रको टुङ्गो नलागेका कारण सदरमुकामबाटै सेवा दिदिै आएको गाँउपालिकाले सरकारले अस्थायी केन्द्र तोकेको जुनीचाँदेको मजकोट परालेबाट केन्द्रिकृत सेवा प्रवाह गर्न थालेको हो ।

जिल्ला सदरमुकाम खलंगामा रहेको कार्यालयलाई हालै परालेमा स्थापना गरिएको जुनीचाँदे गाउँपालिकाका काबा अध्यक्ष शिवा आचार्यले जानकारी दिईन् । गाउँमा आईपुगेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म पुर्याउन स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे तीन बर्षपछि परालेबाट सेवा दिन थालेका छौं काबा अध्यक्ष आचार्यले भनिन–‘हालसम्म जिल्ला सदरमुकाम खलंगाबाट सेवा दिनुपर्ने हाम्रो कुनै रहर नभएर बाध्यता थियो, प्रशासनिक केन्द्रको बिवाद सर्वोच्व अदालतमा पुगेको छ, तत्काल कार्यसम्पादनका लागि सरकारले राजपत्रमा प्रकाशित गरेको स्थान परालेबाट अस्थायी रुपमा भएपनि सेवा प्रवाह गर्न खोजीरहेका छौं ।’

बैंकिक सेवा बाहेक तत्काल गाउँपालिले दिने अन्य सबै बस्तु तथा सेवाहरु परालेबाट प्रदान गरिने काबा अध्यक्ष आचार्यले जानकारी दिईन । अस्थायी रुपमा भएपनि केन्द्रिकृत तरिकाले परालेबाटै सबै सेवाहरु प्रवाह गर्न अस्थायी प्रहरी पोष्ट स्थापनाको प्रकृयालाई अगाडी बढाएका छौं, प्रहरी पोष्ट स्थापना हुने वित्तिकै कृषि विकास बैंकले पनि परालेमा शाखा बिस्तार गर्ने तयारीमा जुटिरहेको छ काबा अध्यक्ष आचार्यले भनिन–‘सवै सेवा गाँउबाटै दिने गरि पहल गरिरहेका छौ । अव सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ । त्यसका लागि सरोकारवाला सँग आवश्यक समन्वय र पहल भैरहेको छ ।’

गाँउपालिकाको केन्द्र सानाखोला गर्ने कि लुहादह राख्ने विवाद सर्वोच्च अदालतमा तीन बर्ष देखि थाति छ । ६ महिना भित्र केन्द्र तोके सामान्य बहुमतले निर्णय गर्न सकिने प्रावधान छ । जुनीचाँदे गाँउपालिकाको केन्द्र ६ महिना भित्र तोक्न नसक्दा विवाद थप बल्झिएको हो । गाँउपालिका अध्यक्ष लगायतले लुहादह केन्द्र बनाउने दुई तिहाई बहुमतले निर्णय गरेको दावी गरिरहँदा सानाखोला केन्द्र हुनु पर्छ भन्नेहरुले किर्ते हस्ताक्षर गरेर बहुमत पुरयाईएको हुँदा निर्णय बदर गर्न माग गदै सर्वोच्चमा मुद्धा दायर गरेका थिए । फैसला नहुँदा केन्द्र विवाद कायमै छ । केन्द्र विवादले लामो समय देखि सदरमुकामबाटै गाँउपालिकाको प्रशासनिक कार्य हुँदै आएको थियो ।

तर सरकारले गाँउपालिकाको केन्द्र अस्थायी रुपमा पराले तोकेको थियो । परालेमा पनि सेवा संचालन गर्न गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसी सहमत थिएनन् । उनी गाँउपालिकाको केन्द्र लुहादह नै बनाएर छाड्ने अडानमा थिए । यद्यपी, स्थानिय सरकारको नेतृत्वकर्ता गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुस सहित गत बर्ष अख्तियारले रंगेहात पक्राउ गरेपछि उनी निलम्बनमा छन् । केन्द्रविवादले सदरमुकाममै अड्किएको सिंहदरबार गाँउपालिका अध्यक्षको घुस काण्डले थप अन्योल र अस्तब्यस्त भएको थियो ।गाँउपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यको पहलमा परालेबाट सेवा प्रारम्भ गर्ने गरि काम थालिएको प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर शाहीले बताए । ढिलै भएपनि गाँउपालिकाबाटै सेवारम्भ गरिएपछि स्थानिय खुसी भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad