नवनिर्वाचित उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य खड्कालाई बधाई तथा शुभकामना

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्यमा निर्वाचित कमानबहादुर खड्कालाई विभिन्न क्षेत्रका ब्यक्तिहरुले जिल्लाको समग्र विकासमा भुमिका खेल्न आग्रह गदै बधाई तथा शुभ–कामना प्रदान गरेका छन् । जाजरकोट उद्योग बाणिज्य संघको आयोजनामा भएको बधाई तथा शुभ–कामना कार्यक्रममा बक्ताहरुले दुर्गम जिल्लाको प्रतिनिधित्व गदै खड्का विजय हुनु जिल्लाकै गर्वको विषय भएको बताउँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

यहि मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा तथा निर्वाचनबाट जिल्ला नगर उद्योग बाणिज्य संघको तर्फबाट कमानबहादुर खड्का कार्यकारी सदस्यमा निर्वाचित भएका थिए । जाजरकोटका निवर्तमान अध्यक्ष तथा महासंघको कर्णाली प्रदेश सदस्य रहेका खड्काले जिल्ला नगर उद्योग बाणिज्य संघको तर्फबाट खुल्ला कार्यकारी केन्द्रिय सदस्यमा चुनाव जित्न सफल भएका थिए ।

नेपालको बर्तमान अर्थ प्रणाली निर्यातमुखी भन्दापनि आयातमुखी भएको बताउदै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले उद्योग बाणिज्य महासंघको खुल्ला कार्यकारी सदस्य पदमा निर्वाचत खड्कालाई आत्मनिर्भर अर्थतन्त्रको बिकास र योजना निर्माणमा भुमिका खेल्न आग्रह गरे । हिजोका बजारहरु केन्द्रिकृत भएतापनि जाजरकोटका उद्योग बाणिज्यलाई केन्द्रिय मुलधारमा पुर्याउन नसकेको प्रशंगलाई स्मरण गदै नगरप्रमुख घर्तीले विकेन्द्रित आजको बजार संरचानाबाट खुल्ला कार्यकारी केन्द्रिय सदस्यमा निर्वाचित हुन सफल भएकोमा खुशी व्यक्त गर्दै खड्कालाई हार्दिक बधाई व्यक्त गरेका थिए ।

भारतको रुपैडिया देखि डोल्पाको मोरिमतेन्जे त्रिदेशिय भेरी करीडोर, हुम्लाको हिल्सा र मुगुको नाप्चे जोड्ने सडकको काम सम्पन्न भएमा जाजरकोट जिल्ला विश्व बजारको व्यापारी केन्द्र बन्नसक्ने केन्द्रिय सदस्य खड्काको भनाई छ । उनले जिल्लाको औद्योगिक विकासका लागि आयातमुखी उत्पादनलाई निर्यातमुखी उत्पादनमा बदल्नुपर्नेमा जोड दिए । उद्योग बाणिज्य महासंघको केन्द्रिय समितिमा जाजरकोटको उपस्थिति र सहभागितालाई कमजोर हुन नदिने बताउदै खड्काले निर्वाचनबाट केन्द्रिय समितिमा पुग्न आफुलाई सहयोग गर्ने सबैलाई हार्दिक आभार सहित धन्यवाद दिए ।

जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष ढकवीर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कृष्णविक्रम शाह, नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष भीमबहादुर सिंह लगायतले नवनिर्वाचित खड्कालाई बधाई दिदै उद्योग बाणिज्य तथा ब्यापारको क्षेत्रमा जिल्लाले भरपुर फाइदा लिने गरि भुमिका खेल्न आग्रह गरे ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad