धर्मराज परियार । जाजरकोट
लैंगिक हिसा विरुद्धको १६ दिने अभियान अन्तरगत भेरी नगरपालिकाका विभिन्न कार्यक्रमहरु सन्चालन भइरहेका छन । जिल्ला स्थीत सरोकारवालाहरुको वैठक वाट संस्थागत रुपमा गरिएको कार्यक्षेत्र अनुसार सवै वडाहरुमा कार्यक्रम हरु सन्चालन भइरहेका छन । सोही क्रममा भेरी नगरपालिका वडा नं १ मा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया,कारितास नेपाल को आर्थिक सहयोगमा भेरी नगरपालिका वडा नं १ को समन्वय र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम अन्तरगत कार्यक्रम सम्पन्न गरिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा समुदाय स्तरमा यौन हिंसा विरुद्ध समुदायमा सचेतना अभिवृद्धि मा सरोकारवालाहरुको भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले आफ्नो गाउँ समुदायमा भएका यौंन हिंसा तथा लैंगिक हिंसा र महिलाहिंसाका घटनाहरु वारे आआफ्नो धारणा राखेका थिए । जस अन्तरगत अहिले पनि छोरी भएकै कारण पेशा व्यवशाय सन्चालन गर्न अवरोध, शासुहरु वाट वुहारीमाथी हिंसा, पुरुष वाट महिला माथी हुने हिंसा,पढ्न लेख्ने अवसर नपाउँदा सानैमा विहे गर्नु पर्ने जस्ता समस्याहरु राखेका थिए ।
अहिले पनि महिलाहरु ले गर्ने पेशा व्यवशायलाई समाजमा हेयको दृष्टिले हेर्ने गरेको विभिन्न शंका उपशंका र प्रश्नहरु उव्जाउने खाले हाम्रो समाज तथा गाउँको प्रववृत्ति भएको र त्यसको समाधानका लागि स्थानीय जनप्रतिनिधि तथा समाजका अगुवाहरुले महत्वपुर्ण भुमीका खेल्नु पर्ने महिलाहरुले माग गरेका छन ।
समाजमा मदिराको कारण महिलाहरु माथि पुरुषवाट हिंसाका अधिकाँश घटनाहरु घट्ने गरेको ले मदिरा नियन्त्रण का लागि स्थानीय सरकार तथा स्वं आमासमुहहरु सक्रिय रुपमा लागनु पर्ने उनिहरुको माग रहेको थियो ।
भेरी नगरपालिका कार्यपालिका सदस्य बीर वहादुर बादीले लैंगिक हिंसाका घटनाहरु न्युनकरण गर्नका लागि सवैले आआफ्नो क्षेत्रवाट लाग्नु पर्ने धारणा राख्नु भएको थियो । अनेरास्ववियुका केन्द्रीय सदस्य ज्ञानु खड्काले समाजमा महिला तथा पुरुष विचको विभिेद अन्त्य र हिंसा न्युनिकरन मा भुमीका खेल्न शैक्षीक क्षेत्रवाट चेतना दिइनु पर्नु बताउनु भयो ।
कार्यक्रममा नेकपा का नेता गगन वहादुर खड्का ले समाजमा अहिले पनि महिला हरुले विहान देखी वेलुका सम्म दुःख परीश्रम गरेर पनि स्वतन्त्र साथ जिवन यापन गर्न नपाउनु दुखद पक्ष भएकाले यसको निराकरनका लागि राज्यका निकाय र स्वंमहिलाहरु जागृत भएर अगाडि वढ्नु पर्ने बताउनु भयो । एउटा महिलालाई परेको पीडा मा सवै महिला एक जुट भएर पीडीतलाई कानुनि प्रकृयामा ल्याउनको लागि सामुहिक रुपमा अगाडि वढ्नु पर्ने समेत उहाँले बताउनु भयो ।
नेकपाका जिल्ला अध्यक्ष ढकबीर रानाले लैगिक हिंसा न्युनिकरणको लागि समाजमा सवै क्षत्रको प्रतिवद्धता रहनु पर्ने बताउनु भयो । महिला प्रतिको सम्मान नै समाजको सम्मान हो भन्ने चेतनालाई गाउँ समाजमा जागरण गराउनु पर्ने आवस्यकता भएको उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष दीपक रानाले महिला हिसा का घटनाहरु को न्युनिकरणका लागि महिला हरुले आफ्नो क्षमतामा अभिवृद्धि गर्नु पर्ने बताउनु भयो । आफ्नो सीप ज्ञान अनुसारको काम गर्दै अगाडी वढेमा कोही कसैवाट हिंसा हुने कुरामा कमि आउने उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेतले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको वारेमा प्रस्ट पार्नुको साथै महिला विरुद्ध हने हिंसा तथा घरेलु हिंसा ,महिला विरुद्ध हुने हिंसाका प्रकारहरु र कानुनि प्रावधानहरुको वारेमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा आमा समुह, टोल विकास संस्था स्थानीय जनप्रतिनिधि,युवा क्लव, सुरक्षा निकाय,शिक्षक स्थानीय वुद्धिजीवी तथा क्षेत्रका प्रतिनिधिहरु समेत गरि ६२ जना स्थानीयहरुको सहभागिता रहेको थियो ।