कुशेमा शारीरिक अशक्तलाई घरमै पढाउने ब्यवस्था

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको कुशे गाँउपालिका ८ मेलविसाउनका शिवराज गिरी जन्मजात शारीरिक अपाङ्ग बालक हुन् । उनका खुट्टा चल्दैनन् जसका कारण उभिन र हिडड्ल गर्न सक्दैनन् । पढ्नने चाहना हुँदा हुँदै हिड्न नसक्ने भएकै कारण उनी विद्यालय जान सक्दैन्थे ।

११ बर्षको उमेर सम्म पनि उनी पढ्ने र सिक्ने कुराबाट निकै टाढा थिए । तर गत बर्ष देखि घरमै पढ्ने अवसर पाएका १२ बर्षिय शिवराजले धेरै कुरा सिकिसकेका छन् । अक्षर र अंक चिन्नुका साथै गणितका आधारभुत क्रियाहरु जोड, घटाउ, गुणान र भाग गर्न सिकिसकेका छन् । स्पष्ट रुपमा पढ्न र लेख्न समेत उनी सिपालु भैसकेका छन् । शिवराज पढाईमा निकै चाख राख्ने भएकोले पढाएको विषयवस्तु राम्रो सँग सिकिरहेको सहजकर्ता विना गिरीले बताईन ।

सेभ द चिल्डे«नको सहयोगमा पहाडी क्षेत्र विकास अधियान जाजरकोट द्धारा संचालित सहयात्रा परियोजनाले घरमै शिक्षकको ब्यवस्था गरि पठनपाठनको ब्यवस्था मिलाएपछि शिवराजको पढ्ने धोको पुरा हुन थालेको हो । पढेर संसार चिन्ने र देख्ने सपना बोकेका शिवराज पढ्न पाएपछि निकै खुसी भएका छन् । परियोजनाले ५ बर्ष सम्म घरमै पढाउने ब्यवस्था मिलाउने छ । सहयोग पाए उनको उच्च शिक्षा सम्म अध्ययन गरेर जागिर खाने सपना छ । भुपेन्द्रका बुवा बहादुर गिरीले आफ्नो छोरालाई घरमै पढाउने ब्यवस्था मिलाईदिएकोमा अवसर परियोजनालाई धन्यवाद दिएका छन् ।

त्यस्तै कुशे ८ लाँताका भुपेन्द्र बस्नेत पनि शारीरिक अपाङ्ग बालक हुन् । अपाङ्ग अवस्थाका उनी आगोमा पोलिएपछि थप समस्यामा परेका थिए । उनी पनि हिड्न नसक्ने भएकै कारण विद्यालय सम्म जान नसक्दा पठनपाठनबाट बञ्चित थिए । अवसर परियोजनाले उनलाई घरमै पढ्ने अवसर जुटाईदिएपछि उनी उत्साहका साथ घरमै सिकिरहेकी छन् । उनलाई पढाउनका लागि एक जना गाँउकै सहजकर्ता चन्द्रा सिंहलाई नियुक्ती गरिएको छ । सहजकर्ताले १० देखी २ बजे सम्म घरमै पढाउने ब्यवस्था मिलाईएको छ । भुपेन्द्रको पनि उच्च शिक्षा सम्म अध्ययन गरेर ठुलो मान्छे बन्ने सोच छ ।

क्याप्सन ः कुशे गाँउपालिका ८ मेलविसाउनका शिवराज गिरीलाई घरमै पढाउँदै सहजकर्ता विना गिरी तस्वीर राजेन्द्र कार्की

गत बर्ष देखि शुरु भएको परियोजनाले शारीरिक अशक्तताका कारण विद्यालय गएर पठनपाठन गर्न नसकेका कुशेका चार जना बालबालिकालाई घरमै शिक्षक पठाएर पढ्ने ब्यवस्था मिलाएको छ । शारीरिक अपाङ्गताका कारण विद्यालय जान नसकेका कुशे गाँउपालिका भित्रका बालबालिकालाई घरमै पढाउने ब्यवस्था मिलाईने पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए । आर्थिक अवस्था कमजोर भएका सात जना विद्यार्थीका परिवारलाई आयआर्जनका लागि बाख्रापालन कार्यक्रम संचालनका लागि समेत सहयोग गरिएको कार्यकारी निर्देशक कार्कीले बताए । उनका अनुसार शिक्षण सिकाईमा सुधार ल्याउन कुशेमा गृह शिक्षक अवधारण समेत अघि सारिएको छ ।

एक बर्षको अवधीमा ६ सय ११ बालबालिकाको घरमै घुम्ती रुपमा गएर शिक्षण सिकाईमा सहजिकरण गरिएको छ । गुणस्तरीय शिक्षाका लागि स्वः अध्ययन पुस्तिका वितरण, मेमोरी कार्ड वितरण गरिएको छ । बालविकास कक्षा संचालनका लागि विभिन्न शैक्षिक सामग्री वितरण, शिक्षक तालिम, कक्षाकोठा ब्यवस्थापन सहयोग, भौतिक पुर्वाधार विकास,मर्मत, खानेपानी शौचालय लगायतमा सहयोग गरिएको सेभ द चिल्ड्रनका प्रमोद न्यौपानेले बताए । साथै विद्यालय बाहिर रहेका ९६ बालबालिका मध्य ५४ जनालाई विद्यालयको पहुँचमा पुरयाउन सफल भएको न्यौपानेले बताए ।

गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले सेभ र पहाडीको सहयोगमा संचालित सहयात्रा  र अवसर परियोजनाले कुशेका बालबालिकाको शैक्षिक उन्नयन, शारीरिक तथा मानसिक विकासमा निकै सहयोग पुगेको बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad