कालीप्रसाद थापाको ‘ए पापी लुटेरा’ म्युजिक भिडियो बजारमा(भिडियो सहित)

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका युवा सर्जक काली प्रसाद थापाको म्युजिक भिडियो “ए पापी लुटेरा” बजारमा आएको छ । राजु सुनाम अफिसियल युटुव च्यानलबाट सर्जक थापाको म्युजिक भिडियो शुक्रबारदेखि बजारमा आएको हो ।

 

कुशे गाँउपालिका ६ जहरगाँउ निवासी थापा विरेन्द्र ऐश्वर्य मावि लिम्सामा अध्यापनरत छन् । सानै देखि कला र साहित्यमा रुची राख्ने काली प्रसाद थापाको शव्द संकलनमा रहेको म्युजिक भिडियो “ए पापी लुटेरा” मा कपिल लामाको निर्देशनमा सारिका केसी र काली प्रसाद थापाले अभिनय (लिप्सिङ्ग) गरेका छन् । राजु सुनाम र कमला पोखरेलको स्वरमा सजिएको म्युजिक भिडियोको राजु सुनामकै संगित (एरेन्ज) रहेको छ । दिपक गिरीले छाँयाङ्कण गरेको म्युजिक भिडियो “ए पापी लुटेरा” लाई अमृत चापागाईले सम्पादन गरेका छन् । गाउँले जीवनशैलीलाई झल्काउने म्युजिक भिडियो “ए पापी लुटेरा” को दृष्य निर्माण जनता डिजिटल फिल्मस्मा गरिएको छ ।

 

“कहाँ जाउली छुटेर, पैसाका लागि सम्बन्ध जोड्ने–ए पापी लुटेरा” भन्ने बोलको गितलाई गोविन्द पराजुलीले रेकर्डिङ्ग गरेका थिए भने, कपिल लामाको निर्देशनमा म्युजिक भिडियोको छाँयाङ्कन गोदावरीमा गरिएको थियो । गाउँले जीवनशैलीमा आएका आधुनिक संस्कार विकासलाई चित्रण गरिएको म्युजिक भिडियो निकै रमाञ्चकारी रहेको छ । स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका रचनाकार थापाको केही समय भित्रै उपन्यास समेत बजारमा आउने तयारीमा रहेको छ । उनले सवैलाई म्युजिक भिडियो हेरेर, सस्क्राइव गरेर तथा सेयर गरेर आफ्नो सानो प्रयासलाई थप हौसला र उर्जा प्रदान गरिदिन आग्रह गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad