द्धन्दपिडित परिवारको गुनासो ः बषौं वित्दा पनि पाईएन न्याय

राजेन्द्र कार्की । जाजरकोट

सरकार र तत्कालिन विद्रोही माओवादी वीच विस्तृत शान्ति सम्झौता भएको १४ बर्ष विति सकेको छ । तर द्धन्दका घाउ अझै पुरिएका छैनन् । २०६३ साल मंसिर ५ गते सरकार र माओवादी विच विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौता भएको बषौं विति सक्दा पनि पिडितले न्याय नपाएको गुनासो गरेका छन् ।

सुरक्षाकर्मीले श्रीमान भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि १९ बर्ष विति सक्यो ’ भेरीमालिका नगरपालिका १ पिपेकी बली रानाले भनिन माओवादी द्धन्दको क्रममा सुरक्षाकर्मी द्धारा बेपत्ता पारिएका श्रीमान फर्केर आउलान भनेर कुर्न थालेको बषौं वित्यो । उनलाई बेपत्ता श्रीमान फर्केर आउलान भन्दा भन्दै १९ बर्ष वितेको पत्तै भएन । अहिले पनि श्रीमान फर्केर आउँछन् कि भन्ने झिनो आशा पालेर बाँचिरहेकी छन् ।

bhumi-sanrakshyan

बलीले भनिन ‘जीवन साथी गुमाउनु पर्दा आँसु पिएर जिउनुको विकल्प भएन । मेरो जस्तो पिडा कसैले भोग्न नपरोस । युद्धको नाममा हामी जस्ता सोझा नागरिकलाई तड्पाउने काम कसैले नगरुन।’ उनले वेपत्ता पार्नेलाई स्वास वा लास दिन माग गरिन । मेरा श्रीमानको के दोष थियो र त्यसरी बेपत्ता पार्नु पर्ने उनले आक्रोस पाख्दै भनिन ‘बेपत्ता पार्नेलाई कारवाही गर्नुपर्छ ।’ सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको तीन बर्ष विति सक्दा पनि अहिले सम्म छानवीन नभएकोमा उनी निकै दुःखी छन् । ढिलै भएपनि हामीले न्याय पाउँछौ कि भन्ने आशा थियो उनले निराश हुँदै भनिन यो आयोगले पिडितलाई न्याय दिलाउला जस्तो लागेन ।

भेरीमालिका नगरपालिका २ रिसाङ्गकी कमला शर्माले आफ्ना श्रीमान बेपत्ता भएको १९ बर्ष विति सक्दा पनि कुनै अत्तोपत्तो नभएको बताईन । अध्ययनका लागी नेपालगञ्ज गएका श्रीमान शिवप्रसाद शर्मालाई तत्कालिन शाही नेपाली सेनाले २०५८ सालमा माओवादी आरोपमा बेपत्ता बनाएको उनले बताईन । ‘घरको मुली मान्छेलाई बेपत्ता पारिएपछि आफु , दुई बहिनी छोरीहरु आशु बगाएरै जीउन बाध्य भयौ । अहिले जीवन निर्वाहमा निकै समस्या परेको छ ’, उनले भनिन ‘ छोरीहरुले बाबा खै भन्छिन । मैले के जवाफ दिने ? हामीलाई यसरी कहिले सम्म तड्पाएर राख्ने ? मरेको वा बाँचेको अवस्था सार्वजनिक गरियोस ।’ उनले आफ्ना निर्दोष श्रीमानलाई वेपत्ता पार्ने सुरक्षाकर्मीलाई कारवाहीको माग गरिन । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरेपनि हाल सम्म सुनुवाइ नभएको उनले बताईन ।

जिल्लाको भेरी नगरपालिका १ कालेगाँउकी ७३ बषिया चनावति बटालाले छोरा फर्केर आउला भन्ने आश मारिसकेकी छन् । तर उनलाई न्यायको आश भने मरेको छैन । ‘बुढेसकालको साहारा बन्ला भनेको छोरो बेपत्ता भएको २२ बर्ष विति सक्यो तर अहिले सम्ममा छोराको अवस्था थाह पाउन सकेकी छैन । छोरो ज्यँुदो होला भन्ने आशा पनि छैन’ उनले भनिन ‘माओवादी आरोपमा मेरो छोरालाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरेर २०५५ सालमा लिएका हुन् । त्यसपछि उनीहरुले छोरालाई बेपत्ता बनाए । सायद मारिदिए होलान ।’ मेरा छोरालाई बेपत्ता पार्नेलाई हदै सम्मको कानुनी कारवाही होस अन्य क्षतिपुर्ती केही चाहिएन उनले भनिन ‘ सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरेकी छु । आयोगले छिटो हामीलाई न्याय दिलाईदेओस ।’

जाजरकोट नगरपालिका ४ कि राज्यलक्ष्मी खनालले पतिलाई बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गरिन । जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा तत्कालिन विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरि वेपत्ता बनाएका थिए । आफ्ना पतिको सास वा लासको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्नेलाई कारवाही गर्न माग गरिन । जाजरकोटमा अझै १३ जना बेपत्ताको सुचीमा रहेका छन् । जाजरकोटमा द्धन्दको क्रममा तीन सय ७६ जनाले ज्यान गुमाएका थिए ।

अधिकारकर्मी सहदेव बस्नेतले द्धन्दको घाउ अझै नमेटिएको बताए । सरकारले सत्यनिरुपण तथा मेलमिलाप गर्न ढिलाई गर्दा पिडा बल्झिरहेको उनको भनाई छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya