प्रदेश सभा सदस्य खत्रीलाई कोरोना संक्रमण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्रीलाई कोरोना संक्रमण भएको छ । केही दिन अघि रुघाखोकी र ज्वरोले थलिएकी खत्रीको कोरोना पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनी सहित घरका ८ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेश सभा सदस्य खत्रीका श्रीमान गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष खिमबहादुर शाही, उनका छोरी ज्वाँइ, नातीनातिना लगायतलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमा खत्रीले आफ्नो परिवारका सवै सदस्यलाई कोरोना संक्रमण देखिएकोले आफु सँग सम्पर्कमा आएका सवैलाई पिसिआर परिक्षण गराउन र सचेत हुन आग्रह गरेकी छन् । उनले आफुहरु जाजरकोट सदरमुकाम स्थित आफ्नो घरमा होम आइसोलेशनमा रहेको समेत जानकारी गराएकी छन् । जाजरकोटमा कोरोना संक्रमण बढ्दै गएपनि परिक्षण नगर्दा भित्र भित्रै भुसको आगो झै कोरोना संक्रमण फैलिएको हुन सक्ने स्थानिय शोजन शाक्यले बताए ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad