प्रवाह संवाददाता । रुकुम
विहिवार देखि पश्चिम रुकुममा दुई दिनसम्म संचालन भएको मैत्रिपूर्ण क्रिकेट खेल जाजरकोटले २–१ ले सिरीज बिजय प्राप्त गरेको छ । विहिवार भएको पहिलो खेल जाजरकोट २७ रन ले हार ब्यहोरेको थियो तर शुक्रवार भएको फÞाइनल खेलमा टस जितेर ब्याटिङ्ग रोजेको रुकुम ले ८ विकेट गुमाएर जम्मा ८५ रन जोड़न सफल रहयो । जसमा जाजरकोट टीमका बलर सबीन के.सी र निवास हमालले समान २–२ विकेट लगे भने आरोग्यजंग शाह, बिशाल शाही र मौसम वि.क ले समान १–१ विकेट हात पार्न सफल भए ।
रुकुम को लागी ओपनर ब्याट्सम्यान सुदीप राज गिरीले ४० रन , आयुष पराजुली ले १० रन जोड़न सफल भएका थिए । जवाफÞी ब्याटिङ्गमा उत्रेको जाजरकोट ले ११ दशमलब १ ओभरमा खेल जित्न सफल रहयो । जसमा कप्तान प्रणिल चन्दले ४९ रन बसन्त भण्डारी ले १२ रन र बिशाल शाही ले १० रन जोड्न सफल भएका थिए । रुकुमका बलर आयुष पराजुली, गणेश ददेल र सुदीप शर्माले १ विकेट हात परेकÞा थिए । जाजरकोटले टि २० अण्डर १९, ३ सिरीज २–१ ले बिजय भएको छ र फÞाइनल खेल ७ विकेट ले बिजय भएको जाजरकोट क्रिके्रट क्लवका अध्यक्ष अनिशकुमार कार्कीले बताए ।