भेरीका विपन्न परिवारलाई अस्ट्रेलियामा बस्ने नेपालीहरुको खाद्यान्न सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । कार्की

अष्टे«लियामा बस्ने नेपालीहरुले जाजरकोट भेरी नगरपालिका भित्रका एक सय तीन अति विपन्न परिवारलाई तिहारको मुखैमा खाद्यान्न सहयोग पठाएका छन् । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण रोजगारी गुमाएर संकटमा परेका अति विपन्न परिवारहरुलाइ शुक्रवार तिहार पर्वका अवसरमा खाद्य वितरण गरिएको छ ।


नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक मन्च अष्ट्रेलियाको आर्थिक सहयोग र पत्रकार जनक केसीको समन्वयमा जिल्लाको भेरी नगरपालिकाका १३ वटै वडाका एक सय तीन विपन्न परिवारलाइ २५ किलो चामल र दुइ केजी दालका दरले खाद्य वितरण गरिएको छ । भेरी नगरपालिकाका गैरीखाली, कुुदु, जगतिपुर र स्याउली वजारमा पुगेर खाद्यान्न हस्तान्तरण गरिएको हो ।


नेपाली काँग्रेसका नेताहरु सनतकुमार कार्की, मुक्तिप्रसाद आचार्य, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक जनक केसी, भेरी नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष खम्वजंग शाह, वडा नम्वर ११का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की लगाएतका नेताहरुले उक्त सहयोग हस्तान्तरण गरे ।

तिहार पर्वका अवसरमा जिल्लाका दलित, जनजाति र अन्य जातिका विपन्न परिवारहरुलाइ थोरै मात्रामा भएपनि राहत दिने उद्देस्यले उक्त सहयोग गरिएको नेपाल प्रजातान्त्रिक मन्च अष्ट्रेलियाका सुरेन्द्र सापकोटाले वताए । उनले कोभिड १९ले सिर्जना गरेको असहज परिस्थितिले आक्रान्त भएका विपन्न परिवारलाइ चाडपर्वका वेला साथ दिन आफुहरुले खाद्य सहयोग गरेको वताए । अष्ट्रेलियामा रहेका नेपालीहरुले जाजरकोटका विपन्न परिवारका लागि भनेर गरेको सहयोगले चाडपर्वका वेला अप्ठेरोमा परेका सर्वसाधारणलाइ ठुलो राहत मिलेको सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक केसीले वताए । उनले आर्थिक विपन्नता र गरिवीका कारण मज्दुरी गरेर खाने परिवारका लागि भनेर प्रजातान्त्रिक मन्चका तर्फवाट गरिएको सहयोग सानो भएपनि चाडपर्वका वेला निकै महत्वपुर्ण रहेको वताए ।
यस्तै उक्त खाद्य सहयोग विपन्न नागरिकहरुलाइ हस्तान्तरण गर्दै नेपाली काँग्रेस जाजरकोटका पुर्व सभापति सनतकुमार कार्कीले जनताको अघि भाषण मात्र सुनाउने भन्दा पनि संकटका वेला रासन पुरयाउने काम गर्नु निकै राम्रो काम भएको वताए । उनले तिहारका वेला जाजरकोटका एक सय तीन परिवारलाइ खाद्य सहयोग दिने नेपाल प्रजातान्त्रिक मन्च अस्ट्रेलिया र जिल्लाको तर्फवाट समन्वय गर्ने केसीलाइ धन्यवाद दिए । यस्तै सोहि कार्यक्रममा सहभागि काँग्रेसका अर्का नेता मुक्तिप्रसाद आचार्यले अष्ट्रेलियामा रहेका प्रजातान्त्रिक विचार समुहका साथीहरुले तिहारको वेला जिल्लाका विपन्न जनतालाइ खाद्य सहयोग उपलव्ध गराएर ठुलो गुण लगाएको वताए । उनले जनताको दुख र पिर वुज्ने किसिमले राजनीति वुझेका र राजनीति गर्नेहरुले काम गर्न जरुरी रहेको वताए । जिल्लाका विपन्न परिवारहरुलाइ थोरै भएपनि राहत पुग्ने गरि चाडपर्वका वेला खाद्य सहयोग वितरणको कार्यक्रम गर्ने सवैलाइ नेता आचार्यले धन्यवाद दिए । राहत पाएपछि विपन्न परिवार खुसी भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad