राजेन्द्र कार्की । जाजरकोट
भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ । ब्यारेक फर्कने क्रममा बुधवार राती कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको मृत्यु भएको हो ।
सेनाका अनुसार घर विदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधवार दिउसो आफु आउँदै गरेको जानकारी गराएका थिए । अफ्ठयारोबाटोबाट रातीको समयमा ब्यारेक जान खोज्दा लडेर घाइते अवस्थामा स्थानिय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुरयाएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।