नेपालगञ्ज म्याराथन ६ मंसिरमा, विजेताले टोकियो ओलम्पिकमा भाग लिन पाउने

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । नेपालगञ्ज
नेपालगञ्ज म्याराथन मंसिर पहिलो साता हुने भएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुने छैटौं धारा नेपालगन्ज म्याराथन मंसिर ६ गते हुने भएको हो । कार्यक्रमबारे जानकारी गराउन सोमवार नेपालगञ्जमा आयोजित प्रेस मिटमा एथेलेष्टिक संघका राष्ट्रिय अध्यक्ष राजिव विक्रम शाहको समेत सहभागिता रहेको थियो ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीबीचमा मंसिर ५ गते भएको विस्तृत शान्तिसम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन हुने गरेको क्रिएटिभ ह्यान्डसका अध्यक्ष टीएस ठकुरीले बताए । यस म्याराथनलाई नेपाल एथलेटिक्स संघले पनि प्राविधिक सहयोग गर्नेछ । ‘महामारीको चुनौतीमा खेल ब्युँताउनु सजिलो पक्कै छैन,’ अध्यक्ष ठकुरीले भने, ‘यद्यपि ओलम्पिकमा सहभागिता जनाउने पक्षले खेलाडी खेल्न उत्साही भएका छन् ।’

यस म्याराथन कोहलपुर र नेपालगन्जलाई जोड्ने एउटा सशक्त माध्यम बन्नुका साथै सामाजिक सद्भाव विस्तार गर्न टेवा पु¥याएको उनले बताए । तर, विगतका तुलनामा यस पटक खेलको प्रकृति अलि भिन्न हुनेछ । मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउनुपर्ने ठकुरीले सुनाए । खेलाडीलाई दौडको समयमा बाहेक र उपस्थित दर्शकलाई अनिवार्य माक्स प्रयोग गराएर सामाजिक दुरी कायम राख्ने आयोजकले जनाएको छ ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको उनले बताए । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन विधामा प्रतिस्पर्धा हुनेछ ।

गत वर्ष ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समावेश गरिएको थियो ।

कर्पोरेर फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुको सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई पुरस्कृत गरिनेछ ।

नेपालगञ्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा पूरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी अध्यक्ष ठकुरीले बताए ।

म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौ सेनाका नवराज साउद विजेता भएका थिए।

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन्।6th Dhara Nepalgunj Marathon press note final

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad