March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

‘झोले प्रबृत्ति हटाउन लागि परेका छौ’– पिताम्बर बस्नेत प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना

तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर दाङ्ग निवासी बुवा कृष्णबहादुर बस्नेत र आमा सुमित्रादेवी बस्नेतको कोखबाट जन्मिनुभएका पिताम्बर बस्नेत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ जाजरकोटका निमित्त प्रमुख हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनबाट कृषि स्नोकोत्तर अर्थात एमएसी एजी गर्नुभएका बस्नेत २०६८ सालमा कृषि अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएकोे हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ दाङ्गबाट केही महिना अघि मात्र सरुवा भएर आउनु भएका निमित्त बरिष्ठ कृषि अधिकृत बस्नेत सँग परियोजना कार्यान्वयनमा देखिएका समस्या, प्राप्त उपलब्धी र भावी योजनाका बारेमा प्रवाह डटकमले गरेको कुराकानीको सार संक्षेपमाः

१) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको खास लक्ष्य र उद्देश्य के हो ?

स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्ति बाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना भनेको नै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना किन ?

  •  कृषि विकास मन्त्रालयका प्रतिवद्धताहरु २०७२ मा कृषिको आधुनिकिकरण र व्यवसायिकरणका लागि विशिष्टिकृत कृषि उत्पादन क्षेत्रहरुको विकास गरिने उल्लेख भएको ।
  •  सरोकारवालाहरु संगको समन्वय फितलो रहेको ।
  •  कृषिको व्यवसायिकरण मार्फत औद्योगिकिकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा छनौट गरिएका क्षेत्र र बालीहरुमा एकीकृत रुपमा सघन कृषि विकासका कार्यक्रमहरु सन्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको छ ।
  • प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सोचः
  • कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने।
    लक्ष्यः
  •  समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने ।

उद्देश्यहरुः

  •  प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने ।
  •  निर्यात योग्य कृषिबस्तुहरुको मूल्यअभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने ।
  •  कृषि लाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, र
  •  बहुसरोकारवाला निकायहरु बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।
  • कृषि क्षेत्रको आधुनिकिकरण कसरी ?
  •  भूमिको बैज्ञानिक उपयोग ।
  •  आधुनिक कृषि प्रविधिहरुको अवलम्वन ।
  • कृषिमा यान्त्रिकिकरण ।
  •  कृषि उपजहरुको प्रशोधन तथा बजारीकरण पूर्वाधारहरुको विकास ।
  •  कृषि अनुसन्धान – शिक्षा – प्रसार प्रणालीको सुदृढ समन्वय एवं आधुनिकिकरण ।
  •  प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्वन ।
  •  गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिबृद्धि ।
  •  वातावरण परिवर्तन अनुकुलित कृषि प्रणाली अबलम्वन ।

२ जाजरकोटमा सुन्तला र मौरी जोन लागु भएको छ । यी परियोजना लागु भएपछि जिल्लामा के कस्ता उपलब्धी भएका छन् 

  • जाजरकोट जिल्लामा सुन्तलाजात फलफुलको जोन आ।व।२०७४र०७५ देखि शुरु भएको हो भने मौरी जोन आ।व।२०७६र०७७ देखि शुरु भएको हो । हाल यस परियोजना जिल्लाका ४ वटा पालिकाहरु ९कुशे गाउँपालिका, नलगाँड नगरपालिका,भेरी नगरपालिका र छेँडागाँड नगरपालिका० मा लागु भएको छ । यस परियोजना अन्तर्गत सुन्तलाजात फलफुल ९सुन्तला, कागती र जुनार० र मौरी जोन अन्तर्गतः
    जोनको सोच, लक्ष्य एवं उदेश्य 
  •  सुन्तलाजात फलफुल र मौरी बालीको बिशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने ।
  •  ती बालीको मूल्य अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने।
  •  कृषि पेशालार्इ सम्मान जनक, नाफामूखि व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु श्रृजना गर्ने।
  •  बहुसरोकारवाला निकायहरु बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।

परियोजनाको रणनिती अन्तर्गत काम भैरहेकोः

  •  कृषि भूमिको बैज्ञानिक उपयोग ।
  •  सुन्तलाजात फलफुल र मौरी खेतिमा आधुनिक कृषि प्रविधिहरुको अबलम्वन ।
  • सुन्तलाजात फलफुल र मौरी खेतीमा यान्त्रिकीकरण मार्फत खेती संचालन ।
  •  सुन्तलाजात फलफुल र मौरी बालीको प्रशोधन तथा बजारीकरणका पूर्वाधारहरुको विकास ।
    जस्ता कामहरु भैरहेका छन् ।

३ परियोजनाबाट हाल सम्म किसानलाई के के सहयोग प्राप्त भैरहेको छ रु र सहयोग लिन के के प्रक्रिया पुरा गर्नु पर्छ

परियोजनाबाट हाल भैरहेका कार्यक्रमहरु र अनुदानको विवरणः

परियोजनाबाट हाल भैरहेका कार्यक्रमहरु र अनुदानको विवरणः

सि. नं. कार्यक्रम विवरण सहजिकरण (Facilitation)/अनुदान%
कृषि उत्पादन सामग्रीहरु (वीउ, वेर्ना, विरुवा आदि) ५० प्रतिशत
प्राविधिक सहयोग १०० प्रतिशत
प्रयोगशाला सेवाहरु ८५ प्रतिशत
कृषि औजार तथा उपकरणहरु (यान्त्रिकीकरण) ५० प्रतिशत
साना सिंचाइ पूर्वाधारहरु निर्माण ८५ प्रतिशत
उत्पादनोपरान्त तथा कृषि व्यवसाय सेवा पूर्वाधारहरु ८५ प्रतिशत

माथि उल्लेखित कार्यक्रमहरु सञ्चालन गर्नका लागि आधिकारीक रुपमा सरकारी निकायमा दर्ता भएका कृषक समुहरसहकारीरउद्यमीरस्रोतकेन्द्रहरु यस परियोजनामा सुचीकृत भैसकेपछि प्रस्ताव आह्रान भए अनुरुप आफुलार्इ सुहाउँदो कार्यक्रममा प्रस्ताब पेश गर्नुपर्ने हुन्छ । सो अनुरुप प्रस्ताव पेश गरिसकेपछि स्थलगत अनुगमन पश्चात उपयुक्त देखिएमा कार्यक्रम सञ्चालन गरिन्छ ।

४ पहुँच हुने किसानले मात्र फाईदा लिईरहेको तर सामान्य किसानले परियोजनाबाट केही लाभ लिन नसकेको गुनासो सुनिन्छ नि ?

वास्तवमा भन्नुपर्दा ग्रामिण कृषकहरु सुचनाको पहुचबाट टाढा हुने र हाम्रा नितिनियमका कारण सामान्य कृषकहरुले समयमै प्रस्ताव पेश कम पेश गर्ने र टाढाबाँठा कृषकहरु सुचनाको पहुँचमा रहने र अत्यधिक प्रस्ताब पेश गर्ने भएकाले त्यस्ता कृषकहरुले पटक पटक विभिन्न निकायहरुबाट बारम्बार सुविधा लिर्इरहेको देखिन्छ । यस किसिमको झोले प्रबृति हटाउनका लागि हामी लागि परेका छौ । यस वर्ष देखि हामीहरुले स्थानीय तहमा रहेका कृषि विकास शाखाहरुमा सुचना पुर्याएका छौ, हामी आफै पनि गाउँगाउँमा सुचना लिएर कृषकहरुको घर दैलोमा पुगेर जानकारी दिएका छौ । मलार्इ लाग्छ यस वर्ष त्यसो हुन हामी दिदैनौ, हाल दुर्गम तथा अति विकट क्षेत्रहरुबाट अत्यधिक मात्रामा प्रस्तावहरु पेश भएका छन् ति कृषकहरुलार्इ सेवा सुविधा पुर्याउन लागि परेका छौ, अवश्य सफल हुनेछौ, हाम्रो दृढ प्रतिवद्धता तथा सङ्कल्प रहेको छ ।

५ तपाईहरुले केही समय अघि मात्र किसानहरुलाई अनुदान तथा सहयोगका लागि प्रस्ताव आह्वान गर्नु भएको थियो । उक्त प्रस्ताव छनौटमा कत्तिको दबाब प्रभाव परिरहेको छ 

हामीले यस आर्थिक वर्षमा सञ्चालन गर्ने सवै कार्यक्रमहरुको सुचना एकै पटक यहि असोज ०८ गते प्रकाशित गरेका थियौ । त्यसको १ महिने अवधि यहि कार्तिक १२ गते भर्खर सकिएको छ । हाल हामीलार्इ दुर्गम तथा अति विकट क्षेत्रहरुबाट अत्यधिक मात्रामा प्रस्तावहरु पेश हुन आएका छन् । हामि निकै खुशी पनि छौ । अव हामी स्थलगत फिल्ड अनुगमन गरेर प्रस्तावहरु स्वीकृत गर्ने प्रकृयामा लागेका छौ । यस वर्ष हामी दुर्गम तथा अति विकट क्षेत्र साथै सेवा सुविधा नपुगेका ठाउँहरुमा कार्यक्रम सञ्चालन गर्ने सोचार्इमा छौ । हालसम्म कुनै किसिमको दवाव महशुस गरेका छैनौ र आगामि दिनमा पनि राम्रो काम गर्नमा कुनै किसिमको दवाव हुनेछैन भन्ने कुरामा हामी शत प्रतिशत ढुक्क र विश्वस्त छौ ।

६ यस बर्ष मह र सुन्तला उत्पादनको अवस्था के छ ? परियोजना शुरु नहुँदैको उत्पादन र अहिले कति फरक छ ?

वास्तबमा भन्नुपर्दा मह उत्पादनको मुख्य स्रोत भनेको चिउरी नै हो । यस वर्ष चिउरी अत्यधिक फुल्ने सिजन हो, तसर्थ हिउदे वर्षा भएन भने यस वर्ष महको उत्पादन राम्रो भएर गत वर्ष भन्दा उत्पादकत्व बृद्धि हुन्छ ।
यसैगरी सुन्तलाको कुरा गर्दा यस वर्ष सुन्तला भर्खर भर्खर दाना लागेको बेला असिना पानी परेर धेरै सुन्तला झारेको छ, थोरै मात्र सुन्तला फल बोटमा रहेको छ । यसरी भन्नुपर्दा गत वर्ष भन्दा यस वर्ष सुन्तलाको उत्पादन घट्न जान्छ तर जति फलेको छ ती फलहरु भने राम्रा र गुणस्तरीय हुनेछन् ।

७ परियोजना कार्यान्वयनमा स्थानिय सरकारहरुको कत्तिको सहयोग प्राप्त भैरहेको छ ?

हामी स्थानीय सरकारसँग समन्वय र सहकार्यमा काम गरिरहेका छौ । सुचना प्रवाह, स्थलगत अनुगमन तथा प्रस्ताव स्वीकृतीसम्म सँगसगै रहेर काम गरिरहेका छौ । उँहाहरुको सल्लाह सुझाव र प्रत्यक्ष सहभागितामा काम गरिरहेकाले काम गर्न निकै सहज भएको तथा कामको प्रतिफल पनि राम्रो आर्इरहेको हामीले महशुस गरेका छौ ।

८ परियोजनाका भावी योजना र लक्ष्य के छन् ?

यस वर्ष देखि हामी जिल्लालार्इ विभिन्न क्षेत्रमा आत्मनिर्भर हुनेगरि काम गरिरहेका छौ । विशेष गरि गुणस्तरीय सुन्तलाजात फलफुलका विरुवाहरु जिल्ला भित्र बाटै उपलब्ध हुनेगरी नर्सरी स्रोतकेन्द्रहरुलार्इ सुविधा सम्पन्न गरार्इ सुदृढ गराउदैछौ । त्यसैगरी मौरी स्रोतकेन्द्रको रुपमा मौरीपालनमा आवश्यक पर्ने मौरी घार देखि अन्य औजारउपकरणहरु जिल्ला भित्रबाट गुणस्तरीय तथा सर्ब सुलभ दरमा प्राप्त गर्नका लागि मौरी घार उद्योगहरुलार्इ सुविधा सम्पन्न गरार्इ सुदृढ गराउदैछौ । त्यसैगरी मौरीको मियोको रुपमा रहेको रानु मौरीको उत्पादन गरि यसको स्रोतकेन्द्रको रुपमा विकास गर्नका लागि पनि काम गरिरहेका छौ । त्यसैगरी जिल्लाको पहिचानको रुपमा रहेको महको चिनारीका लागि यस वर्ष महको प्रशोधन गरि लेवलिङ्क प्याकेजिङ्ग गरि जिल्लाको लोगो सहित वजारमा ल्याउने तयारीमा छौ । त्यसैगरी जिल्लामा सुन्तला सिजन ९मंसीर० मा जम्मा गरि सेलार स्टोरमा केहि समय भण्डारण गरि अफ सिजन ९फागुन चैत्र० मा वजारमा ल्याउने तयारीमा छौ । यसैगरी यस वर्ष देखि सुन्तला र जुनारको जुस वजारमा ल्याउने तयारी पनि छौ । यसको सँगसँगै दुर्गम ठाँउहरुबाट सुन्तला तथा मह वाह्य वजारसम्म पुर्याउनका लागि दुर्गम ठाउँहरुमा ढुवानी साधन अनुदानमा उपलब्ध गराउने तयारीमा पनि हामी लागि रहेका छौ ।

९ यो सरकारी परियोजनालाई अझै प्रभावकारी कार्यान्वयनका लागि के गर्न आवश्यक छ ?

वास्तवमा भन्नुपर्दा यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्ति बाट तयार भएको परियोजना हो । यो परियोजना संघिय सरकार मार्फत हाल सञ्चालनमा रहेको छ । तसर्थ यस परियोजनालार्इ अझ प्रभावकारी र शसक्त बनाउन स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायहरु, सरोकारवाला निकायहरु, पत्रकार तथा मिडियाका सम्पूर्ण महानुभावहरुको सहयोग र सद्भभावको आवश्यकता पर्दछ । राम्रो कामको प्रचार प्रसार तथा सुधारका लागि मार्गनिर्देशन र खवरदारी गर्न अति नै जरुरी देखिन्छ ।

१० अन्त्यमा, केही भन्नु पर्ने कुराहरु छुटेका छन् ?

अन्त्यमा यस परियोजना सम्बन्धि जानकारी तथा मेरा कुरा राख्ने अवसर दिनु भएकोमा तपार्इ तथा तपार्इको प्रवाहऽअनलार्इन मिडियालार्इ धन्यवाद दिन चाहन्छु । आउँदा दिनमा यसैगरी कार्यक्रमको प्रचार प्रसार तथा दुर्गम र अति विकट क्षेत्रहरुमा सुचनाको पहुँचमा सहयोग साथै सल्लाह सुझाव प्रदान गर्नु हुने नै छ भन्ने अपेक्षाका साथ विदा चाहन्छु,

जय कृषि ! जय देश !!

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad