April 18 - 2021, Sunday५ बैशाख २०७८, आईतवार

भेरी करिडोरमा दर्जन पुल अन्तिम चरणमा, दर्जन पुलको काम शुरु

राजेन्द्र कार्की । जाजरकोट

भेरी करिडोरमा मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरको जाजरकोट खण्डमा एकै साथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेका हुन् । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।
छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकै साथ दर्जन पुल निर्माण कार्य सम्पन्न हुँन लागेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।

भेरी करिडोरअन्तर्गत छेडा – खलंगा सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्सन जेभिले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका ६ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम अन्तिम चरणमा पुर्याएको छ । पुलको डिजाइन स्टमेटमा केही समस्या आएपछि पुल निर्माणको निर्धारित समय भन्दा केही ढिलाई हुन गएको रसुवा सूर्य कन्स्ट्रक्सन जेभिका सञ्चालक सूर्यबहादुर खड्काले बताए । अढाइ बर्षमा सक्नु पर्ने पुल निर्माणको काम शुरु भएको तिन बर्ष विति सकेको छ ।

सडक संचालनमा आएको लामो समयपछि भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ ।

यस सडक खण्डको पासागाडदेखि नलगाड नगरपालिकाको तल्लु सम्म ७ वटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आवह्वान भै काम सुरु भएको डिभिजनका प्रमुख भट्टले बताए । उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ। । नलगाड नदी र झुर्मेखोलामा पुस मशान्त भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए ।

त्यस्तै, डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ, लगगाड र करपगाडमा पनि मोटेरेवल पुल निर्माणका लागि बोलपत्र आवह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ । एक वर्षभित्र निर्माण कार्य पूरा हुने उदेश्यका साथ ठेक्का खोलि कामको सुरुवात गरिएको प्रमुख भट्टले जानकारी दिए । सडक निर्माण कार्य सुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्ना सम्मका लागि सडक कालोपत्रेको काम सुरु गरिएको छ ।

यो सडक भारतको रुपैडिया र चीनको मरिम्ला धो जोड्ने मुख्य रणनीतिक सडक हो । पुल नहुँदा यातायात संचालनमा निकै कठिन भैरहेको छ । पुल बनेपछि बाह्रै महिना यातायात संचालनमा सहजता आउने स्थानियको भनाई छ ।

Prabaha

faujikira-sambandhi-suchana