March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

बारेकोटका पहिरो पिडितलाई रेडक्रसको पाँच लाख ८० हजार नगद सहयोग

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोटका पहिरो पिडितलाई रेडक्रसले नगद राहत वितरण गरेको छ । अन्र्तराष्ट्रिय रेडक्रस महासंघको सहयोगमा बाढीपहिरो प्रभावितका लागि सहयोग कार्यक्रम अन्र्तगत नेपाल रेडक्रस सोसाईटीले बारेकोटका पहिरो पिडित एक सय ४० परिवारलाई नगद राहत वितरण गरेको हो ।
बाढीपहिरोका कारण ज्यान गुमाएकाहरुका परिवार, घर भत्किएका र पहिरोको उच्च जोखिममा परेका एक सय परिवारलाई पाँच हजारका दरले पाँच लाख नगद वितरण गरिएको नेपाल रेडक्रसका मन्त्री धिरेन्द्रबहादुर शाहले बताए । पहिरोले आंशिक क्षति भएका ४० परिवारलाई दुई हजारका दरले ८० हजार नगद रकम वितरण गरिएको उनले बताए ।

क्याप्सन ः बाढीपहिरो पिडितलाई नगद रकम हस्तान्तरण गदै रेडक्रसका मन्त्री धिरेन्द्रबहादुर शाह

दशैको बेला बाढीपहिरो पिडितलाई रेडक्रसले नगद सहयोग गरेर धेरै राम्रो काम गरेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । खानेकुरा नपाएर निराश भएका पहिरो पिडितलाई रेडक्रसको नगद राहतले दशै मनाउन ठुलो सहयोग गरेको अध्यक्ष शाहको भनाई छ । पिडित परिवारले पनि नगद रकम पाएको खुसी ब्यक्त गरेका छन् । पहिरोमा आमाबाबु सहित परिवारका चार सदस्य गुमाएर एक्ले बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्ण सार्कीले रेडक्रसलाई धन्यवाद दिए । दशैमा मिठोमसिनो किन्न नगद रकमले सहयोग गरेको उनको भनाई छ ।
क्याप्सन ः बाढीपहिरो पिडितलाई नगद रकम हस्तान्तरण गदै रेडक्रसकर्मी मानबहादुर सिंह

जाजरकोट लगायत देशभर बाढीपहिरो प्रभावित १४ जिल्लामा छोटो समयका लागि राहतमुखी यो कार्यक्रम लागु गरिएको छ । कार्यक्रम अन्र्तगत विस्थापित परिवारका लागि शौचालय निर्माण, सामाजिक मनोपरामर्श सेवा, सरसफाई जनचेतना, महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि परामर्श सेवा लगायतका कार्यक्रम संचालन भैरहेका छन् । गत असार २५ गते बारेकोटमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । बाढीपहिरोबाट एक हजार बढी परिवार प्रभावित भएका थिए । यस अघि रेडक्रसले बारेकोटमा चार सय बढी परिवारका लागि त्रिपाल, कम्मल लगायतका गैरखाद्य सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाईटी जाजरकोटका सभापति हरिबहादुर बस्नेतले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad