राजेन्द्र कार्की । जाजरकोट
माटोको ढिस्कोले पुुरिएर जाजरकोटमा चार महिला घाइते भएका छन् । जिल्लाको छेडागाड नगरपालिका ३ दशेरामा शनिवार विहान भएको घटनामा छेडागाड ३ चुवाकी शितला जैसी गंभिर घाइते छन् ।
तत्काल माटोबाट निकालिएकोले उनीहरुलाई बचाउन सकिएको हो । गंभिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने भएकोले सम्बन्धित निकायमा पहल भैरहेको छेडागाडका शिक्षा शाखा प्रमुख खडक केसीले बताए । उनका अनुसार स्थानिय आरती दाहाल, सरिता जैसी, धनसरी चनारा घाइते भएका छन् । घाईतेहरुको स्वास्थ्य चौकी दशेरामा उपचार भैरहेको छ । घर लिप्ने माटो लिने क्रममा ढिस्कोले चारै जना महिलालाई पुरेको थियो । पुरिएका उनीहरुलाई तत्काल स्थानियले उद्धार गरेका थिए ।