सियोना बचाउन जाजरकोटका युवाहरुले पठाए एक लाख ३८ हजार

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भैरहवाकी १३ महिनाकी वालिका सियोना श्रेष्ठको उपचारका लागि जाजरकोटका युवाहरुले एक लाख ३८ हजार रुपैया सहयोग पठाएका छन् । स्पाइनल मास्कुलर एट्रोफी नामक महारोगले ग्रसीत भएर उपचार गराइरहेकी भैरहवाकी १३ महिनाकी वालिका सियोनाको उपचार खर्च २० करोड बढी खर्च लाग्ने भएको भन्दै परिवर्तनका लागि युवा अभियान जाजरकोटमा आवद्ध युवायुवतीहरुले चन्दा संकलन गरेर जम्मा गरेको एक लाख ३८ हजार ९० रुपैया पठाएका हुन् । परिवर्तनका लागि युवा अभियानले शुक्रवार पत्रकार सम्मेलन गरि सहयोग रकम पठाएका छन् ।

जिल्ला सदरमुकाम खलंगाका गैरीखाली, ठाँटीवजार, शान्तिचौतारा र थाप्लेचौरमा सियोना वचाउ अभियान अन्तरगत चिया विक्रि गरेर, घरदैलो कार्यक्रम गरेर सहयोग मागेर उनीहरुले उक्त रकम जम्मा गरेका हुन् । मानबको बाच्न पाउने अधिकारलाई जीवित राख्ने अभिलाषाका साथ सियोनाको जीवन रक्षा गर्न आफुहरुले अभियान थालेको युवा अभियान्ता अनिशकुमार कार्कीले वताए ।

मानवीयताका नाताले सियोनाको उपचारका लागि सहयोग संकलनमा लागेको परिवर्तनका लागि युवा अभियानकी अध्यक्ष विजया केसीले वताइन् । उनले सियोना जो भएपनि नेपाली हुन उनको लागि सवै ठाउका नेपालीले सहयोग गर्नु पर्छ भनेर आफुहरु ४० बढी युवाहरु परिचालन गरि चिया वेचेर र घरदैलो गरेर सहयोग रकम उठाउन लागि परेको वताइन् । अभियानमा साथ र सहयोग गर्ने सवैलाई उनले धन्यवाद दिईन । दुई हजार भन्दा बढी रकम दिने सुमन मल्ल, खम्बजंग शाह, पुञ्जीता धमला कार्की र नजराज पुन लाई विशेष धन्यवाद दिईन ।

सकारात्मक सोच भएका युवाहरुको अभियानलाई सवैले प्रसंसा गर्ने गरेका छन् । यस्ता खालका अभियानले युवायुवतीमा सकारात्मक उर्जा पैदा हुने पत्रकार महासंघका पुर्व अध्यक्ष जनक केसीले बताए । उनले यस्ता अभियानले समाजका समाज जोड्ने, दुखी गरिवको सेवा गर्ने र समाजका विकृति र कमजोरीका विरुद्ध लड्न प्रेरित गर्ने विश्वास ब्यक्त गरे ।

गत भदौ ५ मा स्थापना भएको परिवर्तनका लागि युवा अभियानले सरसफाई, बालविवाह, बलत्कार, दुब्र्यसनी लगायतका जनचेतनामुलक कार्यक्रम संचालन गदै आएको छ । भेरीका रावतगाँउ, खलंगा, काफलचौर, कुदु र कुशेको भार्ममा जनचेतनामुलक कार्यक्रम सम्पन्न भैसकेको अभियान्ता नविना शाहीले बताईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad