प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा एक जना यस्ता मनकारी वडाध्यक्ष हुनु जसले आफुले पाएको दशैं भत्ताको रकम नलिने घोषणा गर्नु भएको छन् । भेरी नगरपालिकाको वडा नम्वर ४ का वडाध्यक्ष खम्वजंग शाहले देश कोरोनाका कारण आक्रान्त वनेका वेला आफुलाइ नगरपालिकाले जनप्रतिनिधिको हैसियतमा प्राप्त भएको दशैं भत्ता वापतको १५ हजार रकम नलिने घोषणा गर्नु भएको हो ।
नेपाली काँग्रेसको तर्फवाट निर्वाचित वडाध्यक्ष शाहले आफुलाइ दशैं भत्ता वापत प्राप्त रकम कोरोना संक्रमणको जोखिम न्युनीकरणमा खर्च गराउन पहल गर्ने पनि वताउनुभयो । कोरोनाले देश अप्ठेरोमा परेर जनतालाइ चाड मान्न धौ धौ भएका वेला आफुले दशैं भत्ता लिनु उचित नसम्झेर फिर्ता गरेको वडाध्यक्ष शाहले बताउनुभयो । उहाँले दशै भत्ता बैक खातामा जम्मा गरिएको भएपनि फिर्ता गर्ने बताउनुभयो ।
हामीलाइ भोट दिने जनताको घरमा चुलो वल्न समस्या परेको वेला नैतिकताले पनि भत्ता लिन मन लागेन उहाँले भन्नुभयो ‘म एक जनाले मात्र खुसीले दशैं मानेर भएन सवै जनताले खुसी र हर्षका साथ दशैं मान्नु परयो ।’ शाहले दशैं भत्ता फिर्ता गरेर उदाहरणीय काम गरेको र सवैले यस्तै गरे राज्य कोषको रकम राष्ट्रको समृद्धिमा सदुपयोग हुने स्थानियको भनाई छ ।