दशैंका वेला सवै शिक्षक कर्मचारीले तलव भत्ता वुझिरहेका वेला जाजरकोटको एक विद्यालयकी शिक्षिकालाइ यहाँको नगरपालिकाले तलवै नदिएको पाइएको छ । विद्यालयमा शिक्षक नियुक्तिको विषयको विवादलाइ लिएर भेरी नगरपालिकाले जनता प्राथमिक विद्यालय पर्सेनीकी प्रधानाध्यापक नानकला वुढालाइ दशैं पेस्की सहित ११ महिनाको तलव रोकिदिएको हो । विद्यालयमा शिक्षक भर्नाको विषयलाइ लिएर प्रधानाध्यापक नानकलाको तलव गत वर्षको मंसिर देखि रोकिएको पिडित पक्षको गुनासो छ ।
दशैंका वेला सवैले तलव भत्ता वुभिरहेका वेला मेरो हात भने रित्तै छ, पिडित नानकलाले भनिन् । जागिर भएर पनि मैले दशैं भत्ता मात्र नभएर गत ११ महिना देखिको तलव पाएकी छैन, प्रधानाध्यापक वुढाले दुखेसो पोखिन् । आफनो विद्यालयका कार्यालय सहयोगी र वालविकासमा पढाउने शिक्षकले समेत नियमित रुपमा तलव पाइरहेको भएपनि आफनो मात्र नगरपालिकाले तलव रोकिदिएको उनले वताइन् ।
विद्यालयमा रिक्त राहत शिक्षक पदमा विज्ञापन भइरहेका वेला नियम विपरीत नगरपालिकाले हस्तक्षेप गरेर पुन विज्ञापन गर्न परिपत्र जारी गर्दा र शिक्षक सरुवा गर्दा समस्या आएको नानकलाको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार आफुले काम गर्दा नगरपालिकावाट भएको हस्तक्षेपले आफु मर्कामा परेको उनको भनाइ छ । आफुलाइ राजनैतिक पुर्वाग्रह राखेर व्यवहार गरिएको पनि नानकलाको गुनासो छ । गत वर्षको पुस २ गते शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयले जाजरकोटले उक्त विद्यालयमा राहत अनुदान कोटामा शिक्षक भर्नाका लागि भेरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखालाइ वोधार्थ दिदै अनुमति दिए अनुसार आफुहरुले विज्ञापन गरेर प्रक्रिया अघि वढाएको वेला गत वर्षकै माघ ९ गते भेरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अगाडि प्रकाशित विज्ञापनका वारेमा उजुरी परेको भन्दै पुन विज्ञापन गर्न पत्राचार गरेपछि विवाद सुरु भएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाइको पत्रानुसार सुरुमा गरिएको विज्ञापनमा प्रक्रिया मिले पनि नमिलेको भन्दै अन्य व्यक्तिको उजुरी लिएर नगरपालिकाले पुन विज्ञापन गर्न नगरपालिकाले उर्दी जारी गरेको प्रधानाध्यापक नानकलाले वताइन् । कतै मिलेमतोमा एक जना मात्र उम्मेदवार भएपनि परीक्षा गराउने तर आफ्नो विद्यालयले प्रकासित गरेको विद्यालयमा विज्ञापनमा तोकिएको अवधिभर दुइ जना उम्मेदवारहरु भएपनि नगरपालिकाले पुर्वाग्रह राखेर फेरि विज्ञापन गर्न लगाउदा आफुहरुले नमानेको प्रधानाध्यापक वुढाको भनाइ छ ।
विद्यालयमा शिक्षक व्यवस्था गर्ने र पठनपाठन गर्ने काम भन्दा नगरपालिकाका केहि व्यक्तिहरुले आफना मानिसहरुलाइ भर्ती गराउने नियत राखेका कारण समस्या देखिएको विद्यालय व्यवस्थापन समिति र पिडित पक्षको भनाइ छ । विज्ञापन भइरहेकै समयमा नगरपालिकाले विद्यालयको शिक्षक नियुक्ति प्रक्रियामा हस्तक्षेप गर्दै राजनैतिक पुर्वाग्रहका आधारमा शिक्षक सरुवा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डन्डवीर डांगीले वताए ।
उनले नगरपालिकाले अनावस्यक हस्तक्षेप गरेपछि सरुवा गरिएकी शिक्षक प्रभा शाहीलाइ आफुहरुले हाजीरी नगराएको वताए । विद्यालयमा राजनैतिक पुर्वाग्रह राखेर विज्ञापन रद्ध गराउने र शिक्षक सरुवा र नियुक्तिमा तिव्र राजनैतिक दवाव आएको उनले वताए ।
११ महिना सम्म शिक्षककलाइ तलव नदिने, समस्याको समाधान पनि नगर्ने र विद्यालय शिक्षक विहिन वनाउने काममा नगरपालिकाले गलत भुमिका खेलेको उनले गुनासो गरे । यसवारेमा भेरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत पुनले राजनैतिक विवादका कारण विद्यालयको समस्या लामो समय सम्म समाधान हुन नसकेको वताए ।
उनले आफुले पटक पटक विवाद मिलाउन पहल गरे पनि समाधानको वाटोमा जान नसकेको वताए । उता भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम हाल सामाजिक विकास अधिकृत दलवहादुर घर्ती विद्यालयले नियमानुसार काम गर्न नसकेका कारण अहिले सम्म समस्या अल्झिएको वताए । प्रधानाध्यापक वुढाले प्रशासनिक दक्षता र कार्यकुशलता देखाउन नसकेर विद्यालयको समस्या समाधान हुन नसकेका कारण उनको तलव रोकिएको वताए । नियमानुसार काम गर्न नसक्ने र नमान्ने गरेका कारण उनको तलव रोकिएको घर्तीले वताए ।
विद्यालयमा नगरपालिकासंग सम्वद्ध कसैले राजनैतिक दवाव दिएको वारे आफुलाइ जानकारी नभएको भन्दै गलत गर्नेहरुलाइ आफुहरुले कारवाहिको तयारी गरेको पनि घर्तीले वताए । जिल्लाका सवै शिक्षकहरुले दशैं पेस्की सहित तलव भत्ता वुझिरहदा एक जना शिक्षक नानकला वुढाले मात्र तलव नपाउनु अन्यायपुर्ण भएको स्थानीय सरोकारवालाहरु वताउछन् ।
यस वारेमा वुज्न धेरै पटकफोन सम्पर्क गर्न खोज्दा नगर प्रमुख चन्द्रप्रकाश घर्तीले फोन रिसिभ गरेनन् । विद्यालय व्यवस्थापन समिति र नगरपालिकाका विचमा स्वार्थ वाँझिएका कारण विद्यालय लामो समय देखि लथालिंग हुने अवस्थामा मपुगेको स्थानीय अभिभावकहरु वताउछन् ।
राहत अनुदान कोटामा कार्यकरत शिक्षकको सरुवा नहुने र विज्ञापन भइसकेपछि शिक्षकको सरुवा गर्न नपाइने विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको भनाइ छ भने राहत अनुदान कोटामा सरुवा गर्न पाइने र विज्ञापनको प्रक्रियावाट शिक्षक नियुक्ति गर्न नसकेको अवस्थामा सरुवा गर्न पाइने नगरपालिका पक्षको भनाइ छ ।