बर्षातको भेल सँगै बग्यो ६१ लाख !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

छेडागाड नगरपालिकाले वडा नम्बर १ र ४ जोड्ने खारा खोलामा पुल नहुँदा बर्षातको समयमा यातायात संचालनमा कठिनाई भएपछि ३३ लाख खर्चेर कजवय निर्माण गर्यो । तर काम गुणस्तरयुक्त नगरेपछि गत असारमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट बनाईएको कजवय दुई महिनामै बगायो ।

त्यस्तै शिवालय गाँउपालिकाकाले मोर्क खोलामा पुल नहुँदा तत्काल यातायात संचालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको २८ लाख खर्चेर कजवय बनायो । तर उक्त कजवय पनिन गुणस्तरहिन हुँदा गत भदौमा आएको बाढीले बगाएर लग्यो ।

दुई खोलामा गरी ६१ लाख खर्चेर बनाईएका कजवयको अहिले नामोनिशान छैन । समयमा पुल बन्न नसक्दा यसरी बर्षेनी बर्षातको भेल सँगै रकम पनि बग्ने गरेको छ । काममा पनि गुणस्तरीयता नहुने र कामको बाहानामा जनप्रतिनिधीले समेत आँखा लगाउँदा समस्या देखिएको हो । छेडागाडको खारामा बनाएको पुल वडा नम्बर १ का वडाध्यक्ष गणेशप्रसाद जैसीले बनाएका हुन् ।

समयमा पुल बनाउन तर्फ सम्बन्धित निकायको ध्यान नजाँदा स्थानियलाई यातायात संचालन गर्न र आवतजावतमा समेत समस्या पर्ने गरेको छेडागाड ६ का जनकराज शर्माले बताए । यातायात संचालनका लागि कजवय बनाएपनि बाढीले बगाएको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले बताए । उनले खारा खोलामा मोटरेबल पुल निर्माणका लागि सम्बन्धित निकायमा अनुरोध गरेपनि सुनुवाई नभएको बताए । त्यस्तै शिवालयको मोर्कमा पुल निर्माण थालेको १० बर्ष विति सक्दा पनि बन्न नसकेपछि गाँउपालिकाले बैकल्पिक ब्यवस्थाका लागि कजवय निर्माण गरेको थियो त्यही पनि बगाएर लग्यो गाँउपालिका अध्यक्ष नरेन्द्र शाहीले बताए । समयमा पुल नबन्दा यो मोर्क खोलाले निकै दुख्ख दियो उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad