सत्तारुढ नेकपा र राप्रपा छोडेर ४२ जना काँग्रेसमा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका ३ स्यालामा नेकपा र राप्रपा परित्याग गरि ४२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा पुर्व माओवादीको तर्फको वडाध्यक्षको उम्मेदवार रहेका नेकपाका कार्यकर्ता वलवहादुर विक, २०४९ सालको स्थानीय निकायको चुनावमा राप्रपावाट वडाध्यक्ष निर्वाचित तिलकवहादुर नेपाली, गत स्थानीय तहको चुनावमा राप्रपावाट वडा सदस्यको उम्मेदवार रहेकी भैरवी केसी,युबा ब्यबसायी बजाज शोरुम मालिक रमेश केसी, अमर बि क, पुष्पकुमार केसी, हरि वली लगाएत ४२ जना नेकपा र राप्रपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।

 

नेपाली काँग्रेसका नेता एवम पुर्व संविधान सभाका सदस्य राजीवविक्रम शाह, काँग्रेस जाजरकोटका पुर्व सभापति सनतकुमार कार्की, नेता वेदराज सिंह, कोषाध्यक्ष तेजविक्रम शाह, वडाध्यक्ष लिलाबहादुर शाह लगाएतका नेताहरुले मंगलवार एक समारोहका विच फुलमाला अविर र खादा सहित पार्टी सदस्यता दिएर नवप्रवशीहरुलाई स्वागत गरेका हुन् ।

काँग्रेस प्रवेश गर्दै पुर्व माओवादी केन्द्रका तर्फवाट वडाध्यक्षको उम्मेदवार रहेका वलवहादुर विकले नेकपा नाममा मात्र सर्वहाराको पार्टी रहेको तर व्यवहारमा हुनेखाने र अवसरवादीहरुको पार्टी भएकोले आफुले काँग्रेस रोजेको वताए । जनतालाइ झुक्याउने, गरिवहरुको नाममा राजनीति गरेर नेताहरुले करोडौं कमाउने गतिविधिहरुमा नेकपाका नेताहरु लागेकोले आफुले पार्टी परित्याग गरेको उनले वताए ।

यस्तै राप्रपावाट वडासदस्यको उम्मेदवार रहेकी भैरवी केसीले पनि जनतालाइ झुठो आस्वासन नवाँड्ने पार्टी नेपाली काँग्रस हो भन्ने वुझेर आफुले काँग्रेस रोजेको वताइन् । कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काँग्रेसका नेता राजिव विक्रम शाहले नेपाली काँग्रेस कम्युनिष्ट जस्तो झुट बोल्ने, आश्वासन बाँड्ने तर पुरा नगर्ने पार्टी नभएको बताउँदै हामी सधै जनताको सुखदुखमा साथ दिन्छौ । गर्न सक्ने कुरामा मात्र भन्छौ । हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टीका कार्यकर्ता भएको नाताले जनता नैै जनार्दन हुन् । जनताले आगामी चुनावमा पुनः काँग्रेसलाई सत्तामा भएको देख्न आतुर छन् । कम्युनिष्ट शासनबाट वाक्क भैसकेका छन् उनले भने ।
काँग्रेस नेताहरु सनतकुमार कार्की, वेदराज सिंह, लिलावहादुर शाह, छवि पन्त, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक जनक केसी, महिला नेत्री रीता पुन, रुकुम काँग्रेसका नेता शिवप्रसाद आचार्य लगाएतले वर्तमान नेकपाको दुइ तिहाइको सरकारले जनतालाइ वाँडेका सफनाहरु झुठो हुदै गएका कारण काँग्रेस प्रवेशको लहर वढेको वताए ।

उनीहरुले गरिवहरुको नाममा राजनीति गरेर करोडपति हुने नेकपाका नेताहरुले जनताको दुख, पिडा र आपतमा साथ दिन नसक्ने भएकोले कार्यकर्ताहरु पार्टी छोड्न र काँग्रेस रोज्न वाध्य भएको वताए । जिल्लावाट ९ जना साँसद भएर पनि जाजरकोटी जनताले विकास, समृद्धि र न्यायका लागि कुनै नयाँ अनुभुति गर्न नसकेको काँग्रेस नेताहरुको आरोप थियो ।

भेरी नगरपालिका वडा नम्वर ३ स्यालाको होलुजिउला स्थित वगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम नेता चित्रवहादुर वलीको अध्यक्षता र राजीवविक्रम शाहको प्रमुख आथित्यतामा भएको थियो । पछिल्लो समयमा जिल्लामा नेकपा परित्याग गरि काँग्रेस प्रवेश गर्ने लहर चल्नु नेकपाले जनतासंग गरेको वाचामा धोका दिनुको परिणाम भएको कोषाध्यक्ष शाहले वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad