पुर्व गाजस प्रमुख सहित नेकपा परित्याग गरि ४५ जना नेपाली काँग्रेसमा प्रवेश

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको पुन्ममा माओवादीका पुर्व गाँउ जनसरकार प्रमुख सहित नेपाल कम्युनिष्ट पार्टीका ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तत्कालिन विद्रोही माओवादीका पुन्मा गाँउ जनसरकार प्रमुख बीरबहादुर चन्द(विरु), वडा प्रमुख तुलाराम पुन, नेकपाका संगठित सदस्यहरु नरबहादुर थापा, कालीबहादुर वली, गोपाल परियार, शशु शाही लगायत ४५ काँग्रेसमा प्रवेश गरेका हुन् ।

 

नेपाली काँग्रेस भेरी नगरपालिका ७ नम्बर वडा कार्य समिति द्धारा शनिवार पुन्मामा आयोजित कार्यक्रममा नवप्रवेशीहरुलाई अविराबरण सहित नेपाली काँग्रेसको सदस्यता प्रदान गरिएको छ । नेपाली काँग्रेसका नेताहरु राजिब विक्रम शाह, सनतकुमार कार्की, बेदराज सिंह, तेजविक्रम शाह, हरिचन्द्र बस्नेत, इलमबहादुर शाही, कमल चन्द लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । जुन कुरा सोचेर जनयुद्धमा होमिएका थियौ अहिले सवै निरर्थक लाग्यो । सवै कुरा बुझियो । कम्युनिष्टहरु एउटा बोल्ने, ब्यवहारमा अर्कै गर्ने भएकाले नेकपा छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेको नेकपा परित्याग गरेका पुर्व गाजस प्रमुख वीरबहादुर चन्दले बताए । झुटको राजनिति धेरै दिन टिक्न नसक्ने भन्दै नेता चन्दले नेपालका कम्युनिष्टमा सत्ता उन्माद चढेको र हाल पतनको दिशा तर्फ उन्मुख भैरहेको चन्दले बताए ।

प्रमुख अतिथिको रुपमा बोल्दै पुर्व सभासद एवं काँग्रेस नेता राजिव विक्रम शाहले भने ‘नेपाली काँग्रेस मात्र त्यस्तो पार्टी हो । जसले जे गर्छ त्यही मात्र भन्छ । जनतालाई झुटा आश्वासन बाँड्दैन । तपाईहरुले कम्युनिष्टको शासन देखिरहनु भएको छ । भोगिरहनु भएको छ । स्थानिय तह देखि केन्द्र सरकार सम्म चरम लुटतन्त्र चलिरहेको छ । जनता सचेत छन् । सवै मुल्याकंन गरिरहेका छन् । सचेत जनतालाई कसैले झुक्याउन नखोजे हुन्छ ।’

नेपाली काँग्रेस जाजरकोटका पुर्व सभापति सनतकुमार कार्कीले कम्युनिष्टहरुको सत्ता उन्माद र लुटतन्त्र देखि आजित भएर काँग्रेस प्रवेश गर्ने लहर नै चलेको बताए । अर्का नेता बेदराज सिंहले कम्युनिष्टलाई सिध्याउन कम्युनिष्ट नै लागि परेको बताउँदै सवै नागरिकका चाहना, भावना बुझेर सोही अनुसार ब्यवहार गर्ने एक मात्र लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस भएको बताए । नेकपाको सरकारको गलत रैवयाका कारण देश ब्यापी रुपमा काँग्रेस प्रवेश गर्ने लहर नै चलेको उनले बताए ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad