March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

जाजरकोटमा जीप दुर्घटना ः सिडिओको आग्रह पछि परिवारले बुझे शव, मृतकको अन्त्यष्टि हुँदै

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासन सँगको सहमति पछि जाजरकोटको जुनीचाँदेमा भएको दुघर्टनामा मृत्यु भएकाहरुको शव पिडित परिवारले बुझेका छन् । घटनास्थलमै पोष्टमार्टमको ब्यवस्था मिलाईएपछि केही शुक्रवार मध्यान्ह मृतकको अन्तष्टि गरिदै छ । घटनाको दुई दिन सम्म मृततकको शव बुझ्न इन्कार गदै आएका आफन्तले विहिवार अवेर स्थानिय प्रशासन सँगको सहमति पछि शव बुझ्न सहमत भएका हुन् । पिडित परिवार सहितको उच्च स्तरीय छानवीन समिति गठन गर्ने, उचित क्षतिपुर्तीको ब्यवस्था गर्ने र दोषीलाई कारवाही गर्ने निर्णय भएपछि पिडित पक्षको आन्दोलन स्थगित भएको हो । प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठ लगायतका सुरक्षा अधिकारीले पिडित पक्षका माग तत्काल सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता गरेपछि शव बुझ्न सहमत भएका हुन् ।

बुधवार जीप दुर्घटनामा मृत्यु भएका बडाध्यक्ष सहित सात जनाको शव आफन्त र स्थानियले बुझ्न मानेका थिएनन् । चालकको लापरवाही र गुणस्तरहिन सडक भएको भन्दै आफन्त, पिडित र स्थानिय आन्दोलनमा उत्रिएका थिए । आक्रोशित स्थानियले चालक गोरख बस्नेतको जुनीचाँदे ५ मटेला स्थित घर र छेडागाड ६ सुवानाउली स्थित घुम्ती पसलमा आगजनी गरिदिएका थिए । बडाबन र पञ्चाला इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले स्थानियको आक्रोश रोक्न नसकेपछि जिल्ला सदरमुकाम खलंगाबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको थप फोर्स बुधवार नै पठाईएको थियो । सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानिय आक्रोशित भएका थिए ।

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा बुधवार दिउँसो दुघर्टना हुँदा सात जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै छेडागाड नगरपालिका ५ का कर्णबहादुर शाही, जुनीचाँदे गाँउपालिका ५ गर्खाकोट स्वास्थ्यकर्मी कृष्णबहादुर शाही र मटेलाकी मालिका बस्नेतको मृत्यु भएको थियो ।
वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको उपचारका लागि सुर्खेत पठाईएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर लगिएको छ । गाडी चालक गोरख बस्नेतको मोवाईल गाडीमै फेला परेको छ तर उनी फेला पर्न सकेका छैनन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad