जाजरकोटमा जीप दुर्घटना ः पिडितले शव बुझ्न मानेनन्

lagu ausadhi biruddha abhiyan jajarkot

आक्रोशित स्थानिय द्धारा जीप चालकको पसल र घरमा आगजनी

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदेमा बुधवार जीप दुर्घटनामा मृत्यु भएका बडाध्यक्ष सहित सात जनाको शव आफन्त र स्थानियले बुझ्न मानेका छैनन् । चालकको लापरवाही र मापदण्ड विपरितको सडक बनाएको भन्दै घटना भएको एक दिन विति सक्दा पनि मृतकको शब आफन्तले बुझेका छैनन् ।

आक्रोशित स्थानियले विहिवार चालक गोरख बस्नेतको जुनीचाँदे ५ मटेला स्थित घर र छेडागाड ६ सुवानाउली स्थित घुम्ती पसलमा आगजनी गरिदिएका छन् । प्रहरीले पिडित पक्ष सँग शव बुझ्न गरेको आग्रह र बार्ता असफल भएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र जनप्रनिधिको रोहबरमा मात्र बार्तामा बस्ने अडान लिएका छन् । अहिले पनि पिडित पक्षले तर्फबाट पाँच सय बढी स्थानियले ढुङ्गाबुढा र नाराबाजी गरिरहेका छन् । आक्रोशित मृतकका आफन्त र स्थानियले घटना लगत्तै ढुङ्गामुढा गर्न थालेका थिए । उनीहरुले जनप्रनिधि र प्रहरी प्रति लक्षित गरि ढुङ्गामुढा गरेका थिए । बडाबन र पञ्चाला इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीलाई स्थानियको आक्रोश रोक्न नसकेपछि जिल्ला सदरमुकाम खलंगाबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको थप फोर्स बुधवार नै पठाईएको थियो ।

सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानिय आक्रोशित भएको स्थानिय रेशम खड्काले बताए । घटना लगत्तत्तै घटनास्थल पुगेकी जुनीचाँदे गाँउपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्य लगायतका जनप्रतिनिधीलाई ढुङ्गामुढा गरेपछि अहिले घटनास्थलको सुरक्षा प्रहरी र शसस्त्र प्रहरीले गरिरहेको छ । जनप्रतिनिधी कोही छैनन् । गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसी भष्टाचार मुद्धामा निलम्बनमा छन् । घटनास्थल तनावग्रस्त भएपछि वार्ता गर्न र शव बुझाउन सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठ लगायतका सुरक्षा अधिकारी घटनास्थल पुगेर छन् । तर पिडित पक्षले अझै शव बुझ्न नमानेको स्थानिय रेशम खड्काले बताए ।

दुघर्टनामा वडाध्यक्ष सहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ । घटना एक जना बेपत्ता भएका छन् । एक जना गंभिर घाईते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा बुधवार दिउँसो दुघर्टना हुँदा सात जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । मजकोट खोलामा बेपत्ता भएका छेडागाड ५ का कर्णबहादुर शाहीको शव विहिवार फेला परेको छ । । वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको उपचारका लागि सुर्खेत पठाईएको छ । औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल मजकोट खोलमा परेको थियो । गाडी चालक गोरख बस्नेतको मोवाईल गाडीमै फेला परेको छ तर उनी फेला पर्न सकेका छैनन् । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिममा पर्दछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad