जनप्रतिनिधि सहित तीन दर्जन नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधि सहित तीन  दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार शिवालय ५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी दुई जना वडा सदस्य सहित तीन दर्जनबढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

bhumi-sanrakshyan

वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर खत्री र अर्का वडा नैनसरा बिक लगायत नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै नेकपाका वडा सचिव शेरबहादुर खत्री, युवा संघका नेता डिलबहादुर खत्री, डिलबहादुर क्षेत्री, गणेश शाही, केशवप्रसाद रेग्मी, धन खत्री, वीरबहादुर खत्री, जय बहादुर नेपाली, वसन्त खत्री, देवबहादुर शाही, खगिसरा खत्री, प्रेमबहादुर शाही, मंगल खत्री, गजबहादुर पाइजामगर, भरत शाही,हेमन्तबहादुर शाही लगायत रहेका छन् ।

नवप्रवेशीलाई पूर्व सभासद एवं नेपाली कांग्रेसका युवा नेता राजीवविक्रम शाह, नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसी, युवा नेता शेरबहादुर शाही, वडा सभापति भक्तबहादुर शाही लगायतले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । गाँउपालिका अध्यक्ष नरेन्द्र शाहीको वडाबाट जनप्रतिनिधी सहित धेरै कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेपछि नेकपालाई ठुलो धक्का लागेको छ ।

नवप्रवेशीहरुले नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष शाहीको रबैयाबाट आजित भएर कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
गाउँपालिका अध्यक्ष शाहीले पार्टीभित्रै अन्य जनप्रतिनिधिलाई बेवास्ता गदैं अघि बढ्न थालेको, कमाउ धन्दामा लागेको र आफन्तलाई मात्र गाउँपालिकामा भर्ती गर्ने प्रवृती देखाउन थालेपछि काँग्रेसमा प्रवेश गरेको नवप्रवेशी वडासदस्य खत्रीले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya