जुनीचाँदे जीप दुर्घटना ः आक्रोशित स्थानिय द्धारा ढुङ्गामुढा, शव बुझ्न मानेनन्, सदरमुकामबाट थप सुरक्षाकर्मी पठाईयो

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदेमा बुधवार जीप दुर्घटना हुँदा बडाध्यक्ष सहित ६ जनाको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्त र स्थानियले ढुङ्गामुढा गरेका छन् । उनीहरुले जनप्रनिधि र प्रहरी प्रति लक्षित गरि ढुङ्गामुढा गरेका हुन् । बनबन र पञ्चाला इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीलाई स्थानियको आक्रोश रोक्न नसकेपछि जिल्ला सदरमुकाम खलंगाबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको थप फोर्स घटनास्थल तर्फ पठाईएको छ । त्यस्तै गर्खाकोटबाट पनि सुरक्षाकर्मीलाई घटनास्थल तर्फ पठाईएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । राम्रो सँग सञ्चार सम्पर्क हुन नसक्दा स्थानिय किन आक्रोशित भएका हुन् एकिन हुन नसकेको प्रजिअ बरालले बताए ।

बाटोको स्तरोन्नती नहुँदा ठुलो मानवीय क्षति भएको भन्दै उचित क्षतिपुर्तीको माग सहित स्थानिय आक्रोशमा आएको प्रहरीले जनाएको छ । सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानिय आक्रोशित भएको स्थानिय रेशम खड्काले बताए । घटनास्थल तनावग्रस्त हुँदा हराईरहेकाकोे खोजी गर्न नसकिएको प्रजिअ बरालको भनाई छ ।

घटना एक जना बेपत्ता भएका छन् । एक जना गंभिर घाईते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए । एक जना मजकोट खोलामा बेपत्ता भएका छन् । वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको उपचारका लागि सुर्खेत पठाईएको छ । औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल मजकोट खोलमा परेको थियो । गाडी चालक गोरख बस्नेत फरार रहेका छन् । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिममा पर्दछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad