March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

ढुङ्गा प्रहारबाट घाईते युवकको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

सामान्य विवादमा झगडा हुँदा एक युवकले हानेको ढुङ्गा लागेर घाईते जाजरकोटमा एक युवकको मृत्यु भएको छ । कुशे गाँउपालिका २ टालेगाँउका २२ बर्षिय अर्जुन सिंहले प्रहार गरेको ढुङ्गा लागे २१ बर्षिय झलक सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक यमबहादुर मल्लका अनुसार दाजुभाई नाता पर्ने उनीहरुको विहिवार सामान्य विवाद झगडामा परिणत हुँदा अर्जुनले प्रहार गरेको ढुङ्गा झलकको कन्चटमा लाग्दा उनी गंभिर घाईते भएका थिए । घाईते अर्जुनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शुक्रवार उनको बाटोमै मृत्यु भएको हो । घटना लगत्तै अर्जुन फरार रहेको र उनको खोजी भैरहेको प्रहरी निरिक्षक मल्लले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad