January 24 - 2021, Sunday११ माघ २०७७, आईतवार

राजनीतिमा यूवाहरुको प्रयोग के का लागि ?

सीता कुमारी गिरी
विभिन्न तहका राजनैतिक निर्वाचनको बेला उमेद्वारको अगाडी पछाडी केही भुसतिघ्रेहरुको उपस्थितिलाई सायद हाम्रो समाजले सामान्य मानिसकेको होला । अन्य समयमा बेरोजगार भएर यताउता डुल्ने यूवाहरूमा पनि निर्वाचनको वेलाको व्यस्तता हेर्दा लाग्द अव परिवर्तन हुन्छकी? अब राजनीतिमा यूवा सहभागिता बढ्छ की भन्ने लाग्न सक्छ तर यसरी निर्वाचनको समयमा यसरी सभा सम्मेलन तथा अन्य चुनावी प्रचार प्रसार जस्ताका कार्यहरूमा सहभागि हुने यूवाहरू निर्वाचन सकिएको केही दिनमानै पुनः वेरोजगार देखिन्छन, आखिर किन यस्तो हुदैछ, यस्तो गतिविधिले कस्तो असार देशको राजनैतिक भविष्यमा कस्तो असर पार्छ भन्ने कुरा कुनै पनि राजनैतिक दलका नेतृत्व बर्गले सोचेको जस्तो लाग्दैन । नेपालमा अधिकांश राजनैतिक दलका केन्द्रिय नेताहरु उमेरको हिसावले ६ दशक कटेका छन, राजनीतिको निर्णायक विन्दुको यूवाहरुकोे सुन्य उपस्थिति हुनु र निर्वाचनको समयमा यूवाहरूको उल्लेखनिय उपस्थिति देखिनु, यस विषयमा बहस गर्नु पर्ने आवश्यकता आएको छ ।
नेपालमा १६ देखि ४० बर्षका उमेर समुहलाई युवा मानिएको छ । नेपालको जनसंख्यामाको झण्डै ४० प्रतिशत अर्थात लगभग १ करोड ८ लाख युवा छन् । युवालाई राष्ट्र निर्माणका मेरुदण्डको रुपमा लिईन्छ तर देशको उर्जाशक्तिको रुपमा रहेका यी युवाहरुको अधिकांश संख्या विदेशमा श्रम बगाउन बाध्य छन् । अधिकांश युवाको विदेश यात्रा उनीहरूको ईच्छा नभईकन बाध्यता हो । देशका रोजगारीको अवसर प्राप्त गर्न नसकेपछि बाध्यतावस विदेश पुगेको उनीहरुको जिवनको ४ दशक उमेर उतै काट्न बाध्य छन् । कतिपय यूवा विद्यार्थी आफ्नो पढाई र रोजगारीका लागि समेत विदेशिएका छन् । शिक्षा आर्जन गर्दै रोजगारीमा संलग्न हुन जाने यूवाहरूको विशेष क्षमताका हुन्छन उनीहरू भाषा परीक्षा लगायत धेरै क्षमता धारण गरेपछि मात्र विदेश जान सक्ने हैसियत राख्दछन । यसरी विदेशीएका यूवासँगसगै देशको उज्वल भबिष्यको सपना पनि विदेशिएको छ । देशको अधिकांश गाउँ तथा वस्तीहरु शुन्य प्राय छन् । अहिलेको आकाडा अनुसार झण्डै ४० लाख नेपाली नागरिकहरु अन्तराष्ट्रिय वजारमा श्रम गर्न बिवस छन् त्यस मध्य अधिकांश निकृष्ट श्रममा सहभागि भएका छन ् । जस्तो सुकै प्रयोजनका लागि यूवाहरू विदेशिए पनि यो राष्ट्रको लागि दुःखद कुरा हो किनकी यूवाहरूको उपस्थिति विनाको राष्ट्र निर्माण अधुरो हुन जान्छ ।
यसरी यूवाहरूको विदेश पलायनका प्रमुख कारण देशको राजनैतिक अस्थिरता र त्यसले पारेको आर्थिक असर हो भनेर बुझ्न सकिन्छ । जबसम्म राजनीतिक प्रणाली राम्रो हुदैन देशको आर्थिक विकास हुदैन तवसम्म देशले समृद्धिको सपना देख्न सक्दैन । राज्यले यूवाहरूको जोस, जागर र श्रमलाई सही ढङ्गले उपयोग गर्न नसक्दा देश विकासमा ठुलो समस्या देखिएको छ । यूवाहरूको महत्व र आवश्यकताको कुरा गर्दै गर्दा हामीले राजनीतिमा यूवाको सहभागिताको कुरा भुल्नु हुदैन । हरेक परिवर्तन र राजनैतिक आन्दोलनमा अग्र मोर्चामा रहेर लड्ने यूवाहरू देश विकासको अग्रणी भूमिकामा किन देखा परेरन भन्ने कुराको कारण पत्ता लगाउनु र समधान खोज्नु पर्ने बेला आएको छ । हुनत हामी यूवाहरूको राजनीतिलाई हेर्ने दृष्टीकोण पनि भिन्न पाएका छौ, राजनीतिमा यूवा सहभागिता भन्ने वित्तिकै अवसरको खोजी गरिहाल्छौ त्यो पनि आर्थिक अवसर, यहीलेका हरेक यूवा राजनीतिलाई आर्थिक उपार्जनको माध्यमको रुपमा हेर्न थालेको हुँदा झन युवाहरुको राजनैतिक क्षेत्रमा हुने उपस्थितिले गति लिन नसकेको हो जस्तो लागेको छ । राजनीतिमा लाग्ने वित्तिकै आर्थिक लाभ खोज्ने र अधिकांश राजनीतिक दलले यूवाहरूलाई ठेक्का पट्टा र अन्य गैर राजनैतिक अवसर प्रदान गरी आफ्नो दलमा सदस्य कायम राख्ने गलत राजनैतिक परम्पराका कारण युवाहरूको उपस्थिति आफैमा हानिकारक देखिएको छ । वर्तमान अवस्थामा राजनीतिमा लाग्ने अधिकांश यूवाहरूको पृष्ठभुमी गुण्डा गर्दी तथा ठेक्का पट्टा रहेको छ । कमै मात्र युवाहरू राजनैतिक विचार धारा र सिद्धान्तबाट प्रभावित भएर राजनैतिक दलमा सहभागि भएको पाईएको छ । उनीहरू राजनैतिक दल तथा मन्त्रिमण्डलका उच्च पदस्थ नेतृत्वसँग निटकटम सम्वन्ध कायम र गरी व्यक्तिगत लाभ लिने अनि निर्वाचनका वेला उनीहरूलाई आर्थिक तथा अन्य शारीरिक उपस्थिति जनाउने काममा प्रयोग भएका छन् । यस्ता यूवाहरुको उद्देश्य राजनैतिक जिवन र सिद्धान्त भन्दा पनि आर्थिक स्वार्थसँग जोडिएको हुन्द सरकार परिवर्तन सँग उनिहरू पनि परिवर्तन हुन्छन । यसका लागि हामीले विगतमा नेपाल सरकारले मोस्ट वान्टेडको सूचिमा रहेका व्यक्तिरू समेत राजनैतिक दलको आड लिएर सत्तामा पुगेको उदाहरणले पुष्टि गर्छ । निर्वाचनको बेला मात्र मोलमोलाईमा परेर यूवालाई राजनीतिको उचाई प्राप्त गर्ने भ¥याङको रुपमा प्रयोग भैरहेको छन् यूवा । राजनैतिक दलका युवा संगठनका स्थानीय तहमा रहने सबै चुल्ठे मुन्द्रे प्रबृत्तिका मात्रै हुने हुँदा त्यहाँ वैचारिक भन्दा बाहुवलको बढी प्रयोग र महत्व हुने स्पष्ट छ । युवा भनेको विचार र भावना हो भन्ने कुरा बुझेर राजनीतिमा यूवा उपस्थिति नभए सम्म राजनीतिमा यूवाहरुको उपस्थिति के का भन्ने प्रश्न हामी सबै माझ आईरहन्छ ।
यूवाहरूलाई सक्रिय राजनीतिमा ल्याउनका लागि उनीहरुमा राजनैतिक र वैचारिक चेतना आवश्यक छ । अनि यूवाहरु आफै पनि सचेत हुनु जरुरी छ । राजनीतिको नाममा सिद्धान्त र विचारलाई वेवास्ता गरी आर्थिक लाभमा मात्र केन्द्रित भएर अगाडी बढ्ने यूवा नेतृत्व आफैमा घातक पनि त्यसकारण अव हरेक राजनैतिक दलले केन्द्रिय समिति देखि स्थानीय स्तरसम्म बिधानतः यूवा सहभागिताको लागि मार्ग प्रशस्त गरी सैद्धान्तिक र व्यबहारिक यूवा जमातलाई राजनीतिको मुल धारमा ल्याई नीति निर्माण लगायत विकास निर्माणमा सक्रिय बनाउनु पर्दछ ।
(जाजरकोट हाल पोखरा)

Prabaha

faujikira-sambandhi-suchana