छेडागाडका सात स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको छेडागाड नगरपालिकाका सात वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चको साझेदारीमा संचालित सहयात्रा दोस्रो र अवसर परियोजना मार्फत छेडागाड नगरपालीका अन्तरगतका ७ वटा स्वास्थ्य शाखालाई स्वस्थ्य सामाग्री प्रदान गरिएको हो ।

 

bhumi-sanrakshyan

स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ब्यक्तिगत सुरक्षा सामग्री ( पिपिई ) ३५ थान, सात थान थर्मल गण र चार थान परिक्षण सामग्री ( एक्जामिनेशन सेट) हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निर्देशक छवि पन्तले बताए । नगर उपप्रमुख सरिता वली र स्वास्थ्य शाखा प्रमुख विरेन्द्र कुमार शर्माको उपस्थितीमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

विगतका दिनहरुमा पनि यस छेडागाड नगरपालीका अन्तर्गतका स्वास्थ्य अन्तरगतका स्वास्थ्य संस्थाहरुलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गर्दै आएकोमा सम्बन्धित सहयोगी संस्थालाई  धन्यवाद दिदै नगपालिकाका उपप्रमुख सरिता वलीले  कोभिड १९ को महामारीलाई लक्षित गरि अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री प्रदान गरिएकोमा खुसी ब्यक्त गदै दिईएको सामाग्रीहरुलाई सही रुपमा सदुपयोग गर्न स्वास्थ्य संस्थाका प्रमुखहरुलाई अनुरोध गरिन ।

 

छेडागाड नगरपालीका वडा नं १२ को वडा अध्यक्ष तथा स्वास्थ्य समिती सभापति श्री प्रेम बहादुर खत्रीको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रममा छेडागाड नगरपालीका कार्यपालीका सदस्यहरु¸स्वास्थ्य प्रमुख¸सहसंयोजक र १६ वटै स्वास्थ्य संस्थाका स्वास्थ्य प्रमुखहरुको उपस्थिती रहेको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya